साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बीपी जन्म शताब्दी सम्मान

Nepal Telecom ad

बीपी कोइरालाको जन्म शताब्दीको सन्दर्भमा आइतबार राजधानीमा साहित्यकारसहित विभिन्न कलाकार र विद्वान् व्यक्तित्वहरू सम्मानित भएका छन् । जननायक बीपी कोइराला स्मृति ट्रस्टले साहित्यकार एवं गीतकार रत्नशम्शेर थापालाई १ लाख रुपैयाँसहितको बीपी साहित्य सम्मान र मानवअधिकारकर्मी नूतन थपलियालाई २५ हजार रुपैयाँसहितको बीपी सेनानी सम्मान दिएको हो । बीपीका साहित्यलगायत विभिन्न आयाममा विद्यावारिधि गरेका विद्वान्हरूलाई पनि १०-१० हजार रुपैयाँसहितको सम्मान प्रदान गरिएको थियो ।
डा. विष्णुकुमारी शर्मा, डा. हरिप्रसाद पराजुली, डा. देवचन्द्र मिश्र, डा. भूपति ढकाल, डा. कृष्णप्रसाद दाहाल, डा. ज्ञानु पाण्डे, डा. श्यामप्रसाद भट्टराई, डा. वीरेन्द्र पुडासैनी, डा. नारायण चालिसे, डा. रेणुका थापा, डा. राधा शाह र डा. सूर्यप्रसाद संग्रौलाले विद्यावारिधि सम्मान प्राप्त गरेका हुन् |

लाजिम्पाटस्थित होटल शंकरमा आयोजिक कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले सम्मान हस्तान्तरण गरे । यसै वर्षदेखि ट्रस्टले स्रष्टा सम्मान सुरु गरेको हो । कार्यक्रममा बलदेव शर्मा मजगैयाँको \’राष्ट्रिय जीवनमा बीपी\’ र जीवनचन्द्र कोइरालाले सम्पादन गरेको \’समयको सन्देश\’ कृति पनि सार्वजनिक गरिएको थियो ।

साहित्यकार सूर्य सुवेदीले रत्नशम्शेरको व्यक्तित्वबारे प्रकाश पारेका थिए । लक्ष्मणप्रसाद घिमिरेले चाहिँ नूतनबारे प्रस्ट पारे । विद्यावारिधिको सम्मान पाएकाहरूको व्यक्तित्वबारे डा. तुलसीप्रसाद भट्टराईले बोले । प्रधानमन्त्री कोइरालाले बीपीको मार्ग निर्देशन र यसको उचित सम्मान गर्न खाँचो रहेको औंल्याए । वन तथा भूसंरक्षण मन्त्री महेश आचार्य, ट्रस्टका कोषाध्यक्ष तथा लेखक पुरुषोत्तम बस्नेत लगायतले पनि बीपीबारे बोले । \’बीपीले नेपाली कांग्रेसलाई गति दिने काम मात्रै गरेनन्,\’ पुरुषोत्तमले भने, \’नेपाली समाजलाई नै मार्गनिर्देशन गर्ने विचार र सिद्धान्त दिए ।\’

कान्तिपुर दैनिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x