साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन्न मिल्छ

Nepal Telecom ad

न ता सुन्न मिल्ला न ता भोग्न मिल्छ,
अरू देशमा यो कहाँ भन्न मिल्छ
यही देश नेपालमा नै सुनिन्छ,
यहाँ जे चितायो त्यही किन्न मिल्छ ।

यहाँ नोट फाले सबै थोक मिल्छ,
किनौं धर्म वा शर्म सारा किनिन्छ
सबै गीत गाना तराना किनिन्छ,
यहाँ जात कस्तो छ कस्को चिनिन्छ ।

कुनै सीट खोजे त्यही किन्न मिल्छ,
कुनै रीत खोजे त्यही किन्न मिल्छ
सखी होस् कि वा मीत चाहे किनिन्छ,
कुनै मूल्यवान् वा कि सस्तो चिनिन्छ ।

उहाँको छ निष्ठा कडा हो भनिन्छ,
बडो जोशले आरती नै गरिन्छ
लगी माथमा भक्तिले राखिइन्छ,
भरे बिक्नुभो रे भनी पो सुनिन्छ ।

नयाँ बन्छ नेपाल भन्ने सुनिन्छ,
यही आशले उग्रवादी चुनिन्छ
भरे झन् लगौंटी समेतै लुटिन्छ,
सबैको उही धर्म नोटै बुझिन्छ ।

जहाँ बिक्छ सारा दलाली गरिन्छ,
दलालै भएमा मजा खूब हुन्छ
न गल्ला न पूँजी यसै नोट फल्छ,
यही जिन्दगी मोजका साथ चल्छ ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x