साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढोले मात्रै के गरोस् ?

Nepal Telecom ad

बजारभाउ सँगै बढ्न छोड्यो जवानी
नयाँ संविधानको आससँगै घट्न थाल्यो जवानी
तर आँखाका नानीहरू तन्दुरुस्तै छन्
नानीहरूमा आँखा पनि उस्तै छन् ।

धेरै बेर हिँड्न सकिन्न अब सुन्दरीहरू हेर्न वरिपरि
बरु वरिपरि सुन्दरीहरू राख्न
असनमा बेच्न थालौं कि पानीपुरी ?

मेरो छोराकी आमा एक्लै बजार गई भने
आउँदा मलाई मन पर्ने चकलेट लेराइदिने गर्थी
आजभोलि त सिलाजित पो लेराइ दिन थालेकी छ
यार्सागुम्बा लेराइदे बुढी भनेर कसरी भनौ ?
ल्याई हाली भने पनि त्यो खाएर मैले त जे गर्नु गरौँला
उसले पनि खाई भने झन् म के गरौँ ?

शरीरमा जताततै व्याप्त छ बुढ्यौली
कपालमा त लौ कालो रङ्ग दलौँला
अन्त कहाँ कहाँ म के के दलौँ ?
डाक्टर भन्छ बुढो भएपछि हाड पनि नरम हुन्छ
अब म शरीरमा सारौँ चै के खोजौँ ?

मन त छ मेरो पनि मन्दिर गएर टुँडालहरू हेर्न
टाढाबाट हेर्दा आँखाले ठम्याउन सक्दैन
नजिकैबाट हेर्न कुप्रो ढाडले दिँदैन,
अनि भगवानकै मूर्तिमा घोप्टो नपरेर म के गरौ ?

देशको लागि सबैले त्याग गर्नु पर्छ
धेरै त्यागि नेताहरु छन् यहाँ
तिनलाई सम्झँदै बिहान बिहान म पनि त्याग गर्न बस्छु
तर आफू बाँडगङ्गा सिंचाई योजना सम्झिएर सुरु गर्छु
उता थोपा सिंचाई योजना मात्रै पो चल्न थाल्छ ।

आफू बर्खामा गाउँ नै पुर्ने पहिरो ठेल्न खोज्छु
उता ठासठास ठुसठुस वार्ता चल्न थाल्छ
सुशील पौडेल र शेरुका गफ् जस्तै –
फासफास फुसफुस क्खकखकख बडबढदुडुप फुसफुस
त्यस्तो वार्ताले,
न उता संविधान बन्छ, न यता राष्ट्रिय उत्पादन हुन्छ ।

यो बुढोले यत्ति भए पनि कोशिस त गर्यो नि
अब ताली पिट्ने काम पनि के यसैले गर्नु पर्छ ?

बत्तीसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x