साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता हाँक्ने भए अरे !

Nepal Telecom ad

यसपाली त हदैसम्म बौलाए कि खोलीहरू ?
गन्न भ्याउनुभो त साथी मसानघाटमा डोलीहरू ?

उपचारमा नेताहरू करोडौँको खर्च गर्छन्
तपाईकोमा आइपुग्यो त सिटामोलका गोलीहरू ?

कता छौ ए महिला हक र अधिकारका रक्षकहरू ?
दिन्दहाडै किन अझै च्यातिँदैछन् चोलीहरू ?

पीडितहरू कैलेसम्म नुन र चिउरै चपाउँछन् ?
अरु के के बाँड्दै छौ ए राहत बाँड्ने टोलीहरू ?

पत्रिका र रेडियोको विश्वास अझै मर्या छैन
कति सत्य हुन्छन् होला अक्षर अनि बोलीहरू ?

गुण्डागर्दी गर्नेहरू सत्ता हाँक्ने भए अरे
कस्ता होलान् नेपाल अनि नेपालीका भोलिहरू ?

सोच्यौ कैल्यै दातृराष्ट्र ऋणको सौगात दिन्छन् किन ?
अझै कति केका लागि थापिँदैछन् झोलीहरू ?

सिम्रिक अबिर बहाना हो पर्व उत्सव मनाउनलाई
हाम्लाई था छ युवा किन रुचाउँछन् नि होलीहरू ?

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x