चट्याङ मास्टरबिर्सनुको मजा
बिर्सनुको मजा हेर्नोस्, सधैं सप्पै कुरै नयाँ
हिजो भेट्यो, हिजै बिस्र्यो, घरकी स्वास्नी नयाँ नयाँ
नयाँ नयाँ सुहाग रात छन्, छोराछोरी नयाँ नयाँ
नयाँ नयाँ छ जिन्दावाद, मुर्दावाद नयाँ नयाँ ।
नयाँ नयाँ सधैं क्रान्ति क्रान्तिकारी नयाँ नयाँ
नयाँ नयाँ सहिद ओहो, विधवा टुहुरा नयाँ
नयाँ नयाँ व्यवस्था छ, संविधान नयाँ नयाँ
बिर्सनुको मजा हेर्नुस् सधैं सप्पै कुरा नयाँ ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































