साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसरी नै बाँच

Nepal Telecom ad

‘हो’मा हो मिलाऊ
‘हुन्छ’मा हुन्छ भनिदेऊ
जसले जेसुकै गरोस्
त्यतापट्टि हेर्दै नहेरिदेऊ
अरु रोए रोऊ
अरु हाँसे हाँस
यसरी नै तिमी
प्यारो भएर बाँच ।

बढ्ता जान्ने भएर
कहिल्यै बोल्ने नगर
बिसौलीको जिब्रो फट्कार्नुभन्दा
धार्नीको टाउको हल्लाउनु जाती
एउटा यो पनि हो मूलमन्त्र
खुरुखुरु हसुरुन्
टुलुटुलु हेर
मन्सिएको भाग खाऊ
आफ्नो बाटो तताऊ
अरु रोए रोऊ
अरु हाँसे हाँस
यसरी नै तिमी
प्यारो भएर बाँच ।

ठूलाहरूको आदेश मान
उनीहरूको क्रियाकलाप
नियम मान, कानुन ठान
चुपचाप अन्याय सहू
लाटो र बहिरो बन
हरियो घाँसमा हरियै बन
पहेंलो बिरुवामा पहेंलै बन
जताबाट हावा चल्छ त्यतै लड
सानो भएर केही बिग्रँदैन
पछाडि नै बस, अगाडि नबढ
ज्ञानी होऊ इच्छाहरू साँच
अरु रोए रोऊ
अरु हाँसे हाँस
यसरी नै तिमी
प्यारो भएर बाँच ।

शक्तिको आराधना गर
भक्तिमा ध्यान देऊ
तस्बिरहरूको पूजा गर
होइन भनेर उफ्रिदेऊ
हो भनेर उफ्रिदेऊ
आफ्नो फाइदाको लागि
आफ्नो फाइदा गराउनेको लागि
उता गएर यताको कुरा लाऊ
यता आएर उताको कुरा लाऊ
सबैलाई आफ्नो बनाऊ
मनमा खालि स्वार्थ सजाऊ
अरु रोए रोऊ
अरु हाँसे हाँस
यसरी नै तिमी
प्यारो भएर बाँच ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x