साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खलासी, खोल न बसको द्वार

Nepal Telecom ad

बिर्तामोड यहाँ कवि आए
सिर्जे नव संसार
गोष्ठी सकियो फर्कन लागे
कान्तिपुरी घरबार ।
खलासी….

ईस्वरवल्लभ अघि अघि लागे
डाक्टर तुलसी पछि पछि लागे
व्याकुल पाठक ज्ञानु पाण्डे
वाकर र निराकार ।
खलासी….

कवितामा खकुरेल रेल भो
निर्मोहीको काव्य गुञ्जियो
श्रवण मुकारुङ गीत गाउँछन्
बस्र्यो रसको धार ।
खलासी….

चोलेश्वरसँग बसे जिताली
राजब थपडी मार्छन् ताली
रावाखोले दहाल गाए
तरियो कोशी पार ।
खलासी….

भुटुवा माछा झुरुम झुरुम भो
मदिसे चिउरा कुरुम कुरुम भो
दुधियाको आचमन गरेरै
सन्ध्या हुन्छ अपार ।
खलासी…..

लहान आई चालक भन्छन्
गर्नुहवस् ज्यूनार
रोटी काँचो दाल छ खल्लो
सारै पीरो अचार ।
खलासी….

मञ्जुल लेखी मात्र रहन्छन्
नयाँघरे कवितामै झुम्छन्
शारदा दिदीको फर्माइस
मस्त छ सब परिवार ।
खलासी….

पूजा अन्ताक्षरी थाल्दछन्
महेश रेग्मी भाखा हाल्छन्
गौतम पदम र कृष्ण पहाडी
बिभु घिमिरेको प्यार ।
खलासी….

आज रात नै नबिते हुन्थ्यो
यात्रा कहिल्यै नसके हुन्थ्यो
अथवा संयोग परोस् यस्तै
यात्रा वारम्वार ।
खलासी……

२०५४।९।८। र ९ मा बिर्तामोडमा गणेशमान सिंह अध्ययन प्रतिष्ठान र नेपाली लेखक संघ
झापा शाखाको आयोजनामा भएको वृहत् काव्यगोष्ठी सकेर फर्कंदाको संस्मरण ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x