खगेन्द्र नेउपानेसाथी
बाटो अलमलिएर ऊ
उभिएको थियो दोबाटोमा
मैले बाटो देखाइदिएँ
गन्तव्यहीन उसलाई
गन्तव्य पहिल्याइदिएँ ।
मस्तिष्क थिएन उसको
मैले आफ्नै मस्तिष्क दिएँ
मुटु थिएन/मुटु दिएँ
संसार हेर्ने आँखा
र, सुन्ने कानहरू थिएनन्
आफ्नै आँखा र कानहरू दिएँ
बोल्ने जीब्रो र भाषाको लय दिएँ ।
हातहरू थिएनन् उसका
आफ्नै हातहरू दिएँ
खुट्टाहरू थिएनन्खु/ट्टाहरू दिएँ
र, हिँड्न सिकाएँ ।
मेरै मस्तिष्क, मुटु र आँखा
भाषा, जीब्रो र लय
आँखा, कान र हात–खुट्टाहरू लिएर
ऊ
निस्कियो यात्रामा…।
Subscribe
Login
0 Comments
Oldest





































