डा.घनश्याम परिश्रमीदस्ता भयौँ हामी
आफैंलाई थाहा छैन कस्ता भयौँ हामी
घना कुहिराको काग जस्ता भयौँ हामी
हाम्रो यात्रा उध्र्वगामी हुन्छ कसरी पो
माथि चढ्यौँ भने पनि खस्ता भयौँ हामी
सुनाएर वीरताको पुर्खा इतिहास
महंगा छौँ भन्छौँ तर सस्ता भयौँ हामी
उज्यालोको कुरा गर्दै दिशाहीन हिँड्दा
अन्धकार सुरुङभित्र पस्ता भयौँ हामी
निकासको द्वार पहिचान्न नसकेर
सधैं नारा जुलुसका दस्ता भयौँ हामी ।
भैरहवा
Subscribe
Login
0 Comments
Oldest






































