साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिउनुको मजा !!

Nepal Telecom ad

दुखमा पिएँ सुखमा पनि पिएँ
आज चाडवाड र छुट्टी हो भन्दै पिएँ
पिउनकै लागि भनेर
केही न केही बहाना बनाएँ
कहिले आफूमाथिको ज्यादती भुल्नलाई पिएँ
कहिले देशमाथिको अत्याचार बिर्सन पिएँ
यी सबै सोचेको मात्र के थिएँ नशा नै हरायो
केही भुल्नलाई पिएको त सबै घाउ ताजा पो गरायो
कहिले पिउनेलाई नै खुसी पार्न पिएँ
कहिले ठुला–बडाको पार्टीमा ग्लास ठोक्न पिएँ
सोध्नेहरूलाई यस्तै स्पष्टीकरण दिएँ
पिउनको लागि अनेक बहानाबाजी गर्दै पिएँ
कहिले लुकेर पिएँ त कहिले खुलेरै पिएँ
यसरी नै पिएँ अनि पिउँदै गएँ
तर जति पिए पनि म बर्तमानमै थिएँ
नपिउनेले भन्दा पनि धेरै होस सम्हालेँ
कहिले हाँस्दै पिएँ त कहिले रुँदै पनि पिएँ
दुख र कष्टहरूसँग यसरी नै जिएँ
मन केही हलुका होला कि भनेर
रिसाउनु भन्दा त पिउनुनै निको ठानेर
कहिले लेख्नलाई पिएँ त
कहिले देख्नलाई पिएँ
नदेख्ने कुरा देख्नुपर्ला भन्दै
मैले आँखा छोपेर पिएँ ।

हाल– जर्मन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कली संसार

नक्कली संसार

लिलाराज कार्की
चन्दा

चन्दा

लिलाराज कार्की
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x