लिएर सौरभतामा रौरवताको हुन्डरी एउटा सेतो बादल बर्सिंदैछ कालकूट र सिंचिदैछ मुनाहरूलाई । मिसाएर जहरमा अमृत भन्दैछ समयले म जहरलाई नै अमृत बनाउँछु किन्तु, बन्दैछ स्वयं जहरको बैतर्णी । उभिएर डाँडामा डाँडै समेत नाप्दैछ मनुस्य आफ्नो उचाइ र सगर्व व्यङ्ग्य कस्दै छ छ कोही सर्वोच्च ?