सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सात टुक्रा

Nepal Telecom ad

१.
केटाकेटी माछा छोप्दा छोप्दै
सोध्छन् मझिनीलाई
आमा ! हामी पनि माछा जस्तै
खेल्छौँ है पानीमुनी

मझिनी निरन्तर !
सधै बिहान रोजी रोजी खोज्छिन्
सजिलो ढुङ्गा
कुट्छिन टुक्रा टुक्रा पारी,
मनैमनले सराप्दै
गिट्टी बगाएर
आफूलाई नबगाउने छाललाई ।

२.
ठेगाना बिनाका खाली पत्रहरू
जहाँ भर्छन् युवाहरू
आफ्नै जीवनको मूल्य खोज्दै फारम ।

३.
अब त छोराले पनि घर खर्च चलाउनु पर्ने ?
तर, बालाई कस्ले भन्दिओस्–
छोराको सर्टिफिकेट पैसा छाप्ने मेसिन
बन्न सकेन भनेर ।

४.
सहर त–अभावहरूको सङ्ग्रहालय पो
देशमा सत्ता बद्लिन्छ मौसम जस्तै
कैले घाम त कैले पानी
बिचरा जनताहरू– आश गरुन्
घामको या पानीको ।

५.
बरु, ए कवि !
यो घडीमा
मलाई पिउने मन छ
तिम्रो जीवनको–आशावादी कविता ।

६.
एक दिन मात्रै फूलले विद्रोह गरोस्,
नफुलोस् र बासना नछरोस्–
कति काँडा झोक्राउने छन्
र कति काँडा पुग्नेछन् कोमामा… ।

७.
हिजो मात्रै आमाले–
तिनाउ उल्टो बगेको देखिन् रे सपनामा
सम्झाउनु आमालाई–
खोलो नि फर्कन्छ भन्छन् बाह्र वर्षमा ।

‘अक्षरहरूको रङ्’ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
बेलाको बोली- ८१

बेलाको बोली- ८१

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी