साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सात टुक्रा

Nepal Telecom ad

१.
केटाकेटी माछा छोप्दा छोप्दै
सोध्छन् मझिनीलाई
आमा ! हामी पनि माछा जस्तै
खेल्छौँ है पानीमुनी

मझिनी निरन्तर !
सधै बिहान रोजी रोजी खोज्छिन्
सजिलो ढुङ्गा
कुट्छिन टुक्रा टुक्रा पारी,
मनैमनले सराप्दै
गिट्टी बगाएर
आफूलाई नबगाउने छाललाई ।

२.
ठेगाना बिनाका खाली पत्रहरू
जहाँ भर्छन् युवाहरू
आफ्नै जीवनको मूल्य खोज्दै फारम ।

३.
अब त छोराले पनि घर खर्च चलाउनु पर्ने ?
तर, बालाई कस्ले भन्दिओस्–
छोराको सर्टिफिकेट पैसा छाप्ने मेसिन
बन्न सकेन भनेर ।

४.
सहर त–अभावहरूको सङ्ग्रहालय पो
देशमा सत्ता बद्लिन्छ मौसम जस्तै
कैले घाम त कैले पानी
बिचरा जनताहरू– आश गरुन्
घामको या पानीको ।

५.
बरु, ए कवि !
यो घडीमा
मलाई पिउने मन छ
तिम्रो जीवनको–आशावादी कविता ।

६.
एक दिन मात्रै फूलले विद्रोह गरोस्,
नफुलोस् र बासना नछरोस्–
कति काँडा झोक्राउने छन्
र कति काँडा पुग्नेछन् कोमामा… ।

७.
हिजो मात्रै आमाले–
तिनाउ उल्टो बगेको देखिन् रे सपनामा
सम्झाउनु आमालाई–
खोलो नि फर्कन्छ भन्छन् बाह्र वर्षमा ।

‘अक्षरहरूको रङ्’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x