साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच चट्याङ

Nepal Telecom ad

१. नेपालीको चाला

आऊ साथी तिमीलाई सुनाउँ नेपालीका चाला
जिउका जुम्रा झार्न नसक्ने झार्छु भन्छन् तारा
पेटमा चारा भन्दा धेरै यिनका मुखमा नारा
विदेश नजिक यिनका लागि आफ्नै गाउँघर टाढा ।

२. भ्रष्टाचारलाई मल

भ्रष्टाचार बिरुद्ध लेख्दा लेख्दा कलमका मसि सकिई सक्योे
भ्रष्टाचार बिरुद्ध बोल्दा बोल्दा बोल्नेको गला बसिसक्यो
भ्रष्टाचार भने दिनका दिन झन् झन् बढदैछ
यस्तो लाग्छ, जति लेखिन्छ त्यसले भ्रष्टाचारलाई मल लाग्दैछ !

३. सार्किस्तान कि टुक्रिस्तान ?

सप्पै सार्क देश जुटी बनाउँछन् सार्किस्तान
हामी आपसमा फुटी टुक्री बनाउँ टुक्रिस्तान !

४. व्यस्त कवि
समय प्रतिकुल छ
कवि बन्न अनुकुल छ
रोजगारी र बेकारीका सीमा बीच
ऊ कविता लेख्न तल्लिन छ !

उसलाई कष्ट छ
यो उसका कविताबाट प्रष्ट छ
आफ्ना कष्टलाई कविताले छोप्न
कवि कविता लेख्न व्यस्त छ ।

५. नारि रुप स्तुति

नम:  नम: माता नारी
सृष्टिकर्ता ब्रह्मकुमारी
दिदी, छोरी, बहिनी नारी
चरण पुजनकी अधिकारी
जय जय चार रुपा नारी ।

पञ्चम रुपा पत्नी नारी
धन सामथ्र्य कब्जाकारी
मातापिता सब साथी छाडी
मात्र दुईमा पनि भिडकारी
न यो वारि न यो पारि
सधैं बीचमा अलमलकारी
मन: मन: पत्नी नारी !
यज यज पत्नी नारी !

बत्तिसपुतली, काठमाडौं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x