फित्काैली डटकमकति–कति छन् !!
देखाओटी झुटो हाँसो हाँस्ने कति छन्
मन भरि व्यथै व्यथा राख्ने कति छन् !!
सुनाउन हुन्न दुख जलन बढे पनि
सामुन्नेमा ठिक्क पार्दै नाच्ने कति छन् !!
व्यापार रैछ समय यो मुनाफामा चल्ने
होसियार नोक्सानीमा पार्ने कति छन् !!
मुखमा चैं राम राम बगलीमा छुरा
पर्दा खेरि बिपतीमा भाग्ने कति छन् !!
पिरतिको दावा गर्दै झुटो कसम खाइ
एकै पलमा बिहे गर्न आँट्ने कति छन् !!
झापा बिर्तामोड
हाल– इजरायल
Subscribe
Login
0 Comments
Oldest



































