साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अल्छी

Nepal Telecom ad

म काम नगर्ने अल्छी हुँदै होइन,
काम बारे अरुको बुझाइ र मेरो बुझाइमा फरक भएको मात्रै हो
कैयौ दिनदेखि म आराम गरेको गर्यै छु
तर आराम गर्नुलाई कसैले काम नै मान्दैन ।

यो अरुको गलत बुझाइको समस्याले म हैरान छु
यस्तो अवस्थाको अन्त्य गर्न
जनचेतना अभियान चलाउँ कि भन्ने पनि सोच्दै छु
सोच्नु के काम होइन ?
यो त धेर बुद्धि भएकाले गर्ने काम हो
मेरो धेर बुद्धि छ, त्यसैले सोचेको सोच्यै छु ।

काम बारे अरुको गलत बुझाइसँग पनि सहमति गर्न
मैले लचकता अपनाएको छु
त्यसैले, के काम गरौँ भनेर सहमति जुटाउन खोजेको खोज्यै छु
यहि काम गर्ने भनेर सहमतिमा नपुगी
कुनै काम एक्लै गर्न पनि त भएन
सहमति गर्नै समय धेर गयो भनेर, आत्तिएर,
सहमति नगरी जे पायो त्यहि काम गर्न पनि त भएन ।

त्यसैले म के सोचौँ भनेर सोच्दै छु
म के लेखौँ भनेर यो लेख्दै छु
म के गरौँ भनेर यो गर्दै छु
तपाई के पढौँ भनेर यो पढ्दै हुनु हुन्छ ।

ल भन्नुहोस् त, यो काम भयो कि भएन ?
म मात्रै यो लेख्ने काममा ब्यस्त भएको होइन,
तपाईंलाई पनि यो पढ्ने काममा व्यस्त गराएको हो कि होइन ?
आफू व्यस्त हुने र अरुलाई समेत व्यस्त गराउने यस्तो काम गर्दा पनि
मेरो नाम अल्छीहरूको सूचीबाट गएन !
तपाई नै भन्नु होस्, यो हास्यव्यङ्ग्य भयो कि भएन ?

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x