साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेन पावर

Nepal Telecom ad

मेन भनेको म्यान पनि हो
म्यानको माने मान्छे त छँदैछ
एउटा म्यानभित्र तरवार पनि छ
अर्को म्यान दरवारभित्र पनि छ
प्रजातन्त्रमा म्यानपावरको भूमिका मेन हुन्छ ।

पावर भनेकै पाहुर हो
जहाँ पनि पावर चाहिन्छ
पावरविनाको ताहुरमाहुरले
केही खालो सार्दैन/झिँगो पनि मार्दैन
घरबार होस् अथवा
दरवार चलाउन पनि पावर चाहिन्छ
तरवार चलाउन पनि पावर चाहिन्छ
प्रजातन्त्रमा म्यानपावरको भूमिका मेन हुन्छ ।

अलिकति कुरो प्रजातन्त्रको पनि गरौं
हामीकहाँ यो निकै पटक आयो
अनि निकै पटक गयो पनि
एक पटक प्रजातन्त्र आयो अनि गयो
अनि फेरि प्रजातन्त्र आयो र फेरि गयो
अहिले पनि कसैका निम्ति आइरा’छ
अनि कसैका निम्ति गै’राछ
जे होस् प्रजातन्त्र आउन पनि म्यान पावर चाहिन्छ
प्रजातन्त्र जान पनि मेन पावर चाहिन्छ
प्रजातन्त्रमा म्यान पावरको भूमिका मेन हुन्छ ।

चिसो भनेकै कोकाकोला होइन अब
तातो भनेको छोइला कचिला पनि होइन अब
म्यानपावर भनेकै मेन पावर हो
यसले प्रजातन्त्रको कान अँठ्याएको छ
उठ् भनेर जुरूक्क उठाएको छ
बस् भनेर थचक्क बसाएको छ
धेरैलाई बाख्रा बनाएको छ
केहीलाई भेडा भनाएर राखेको छ
बाख्राहरू म्या म्या कराउँछन्
भेडाहरू भ्या भ्या कराउँछन्
कराउनु मात्र कराउनु उनीहरूको नियति बन्छ
प्रजातन्त्रमा मेन पावरको भूमिका मेन हुन्छ ।

यो पावर सर्वव्यापक छ
यो पावर सर्वशक्तिमान छ
पाहुर मात्र होइन, यो पावर हो
यो त गतिलो लाहुर बनेर खस्छ÷खसेको छ
चानचुने छैन है यो,
हाम्रो प्रजातन्त्रको रौँरौँमा पस्छ/पसेको छ
गोलाबारूद र बमसँग पड्किँदै हाँस्छ र रून्छ
प्रजातन्त्रमा मेन पावरको भूमिका मेन हुन्छ ।

पावर सख्खरभन्दा तिख्खर गुलियो छ
पावर मान्छेभन्दा धेरै बलियो छ,
प्रजातन्त्रकै खोलभित्र खेल खेल्छ पावर
टाउका गनीगनी होलसेलमा व्यापार ठेल्छ पावर
यही पावरले प्रजाको इतिहास पनि मेटेको छ
यही पावरले तन्त्रको मन्त्र पनि भेटेको छ
निर्धा नेपालीलाई बोका बनाई
इराकसम्म पुर्याएर घाँटी पनि रेटेको छ
पावर हो यो जे पनि पनि गर्छ,
उसले गरेपछि जे पनि हुन्छ
प्रजातन्त्रमा मेन पावरको भूमिका मेन हुन्छ ।
२०६१ भदौ २७
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x