साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दैवी शृङ्गार

Nepal Telecom ad

जति मेरो उमेर बढदै गयो
ईश्वर मलाई सिँगार्नमा उति बढी व्यस्त भयो ।

ऊ आफ्नो यो कृतिलाई अझै सिँगार्दै छ
पहिला तालुमा बाक्लो रौँ लगाएको थियो
अब त्यहाँबाट उखलेर नाक र कानमा सार्दै छ ।

पहिलाको उसैले हालेको दाँत झिकेर फेरि हाल्यो,
अब फेरि दाँत उखेलेर फाल्दै छ
त्यस ठाममा दनेशा टम्म मिलाउँदै छ ।

पहिलाको सम्म गालामा चाउरीका अनेक बुट्टा भर्दैछ
ओठको रातो रङ्गलाई अब निलो बनाउँदै छ
कालो कपालमा ह्वाइटवास गर्दैछ
ईश्वर उसको यो कृतिलाई अझै राम्रो सिँगार्दै छ ।

सोझो ढाड अलिकति अगाडि झुकायो
कानलाई अटोमेटिक बाजा बजी रहने बनायो
आँखामाथि पातलो पर्दा लगायो
नाक र मुखबाट बग्ने रसको मात्रा बढायो
ईश्वरले मलाई अझै राम्रो बनाउन आफ्नु धेरै मिहिनेत लगायो ।

छाला तनक्क तन्किएको टाइट थियो
अब न्यु फेसनको लुज बनायो
टाउको फिक्स थियो
अब ता जुनबेला पनि हल्ली रहने स्प्रीङदार बनायो
हात र हातका औँलाहरू पनि स्प्रीङदारा हल्ली रहने बनायो
ईश्वरले मलाई अझै राम्रो बनाउन आफ्नु धेरै मिहिनेत लगायो ।

ईश्वरीय यो शृङ्गार कहिले सकिने होला ?
मानिस र ईश्वरको सुन्दरताको परिभाषा बीच धेरै अन्तर छ
नत्र मानिसलाई त पुरानै शृङ्गार राम्रै लागेको थियो
ईश्वरले झन् यो नयाँ नयाँ शृङ्गार किन थपे को होला ?

मलाई चाउरिएको कुप्रो नराम्रो बुढो भन्छन् मानिस
सायद दैवी शृङ्गारको महत्व मानिसले नबुझेर होला
ईश्वरले मलाई कति राम्रो बनाउन सधै यसरी सिँगारी रहेको होला
मानिसले यो दैवी शृङ्गारको महत्व कहिले बुझ्ने होला ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x