साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धज्जी उड्छ

Nepal Telecom ad

अचेलभरि प्रायजसो इमानदारकै धज्जी उड्छ
मस्तीमा छन् दुराचारी, सदाचारकै धज्जी उड्छ ।

गुरुजन र मान्यजनको, हराई सक्यो मर्यादा नै
मर्दापर्दा साथ दिने, मदतगारकै धज्जी उड्छ ।

बेइमानी मुस्कुराउँछ, गगनचुम्बी घरमा बस्दै
लप्पन छप्पन नजान्नेको, घरबारकै धज्जी उड्छ ।

जहाँ खायो त्यहीँ चुठ्ने, गर्न थाले धेरै मान्छे
जताततै कृतघ्न छन्, उपकारकै धज्जी उड्छ ।

तिरष्कृत छन् बाबुआमा, मायाँ, दया छैन कतै
सोचाइ ज्यादै निष्ठुरी भो,पालनहारकै धज्जी उड्छ ।

निष्ठा, भक्ति, आदर्शता, कुना पसी रुन्छन् सधैं
राम, कृष्ण, गौतम बुद्ध, अवतारकै धज्जी उड्छ ।

छट्ट्याइँ, फट्याइँ, मारामारी, गर्न सक्ने हुन्छ ठूलो
सरल, शिष्ट ‘कोमल’ तथा, मिलनसारकै धज्जी उड्छ ।
पुरानो नैकाप, काठमाडौं
हाल– न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x