साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्पत्ति दोब्बर चौबर बनाउने तरिका

Nepal Telecom ad

म पनि आज भोलि आफ्नो सम्पत्ति दोब्बर र चौबर बनाउने ध्याउन्नमा छु
त्यसैले त नोट दोबारेर र लालपुर्जा चार चोटी पट्ट्याएर राख्ने गरेको छु
काठमाडौंको घरको नक्सालाई त आठ दोब्बर पट्ट्याएर राखेको छु
नपत्याए हेर्नुहुन्छ ? देखाउन पनि पैसा माग्ने गरेको छु !!

काठमाडौंको घर हो, चानचुने ठाउँको होइन
चार आनाको लालपुर्जा छ, कम्पाउण्ड छ आना घटी छैन
छतले ढाकेको पनि नाप्ने हो भने सात आना पुरा पुग्छ
पानीढलोदेखि गेट, ढल र घर अगाडि सडकमा ओछयाएको मेरै पसल पनि जोड्ने हो भने
पुरै एक रोपनी नाघ्छ !

मेरो आफ्नै टाउको जस्तै छ मेरो यो काठमाडौंको घर जग्गा
जम्मा एउटा छ, त्यहि पनि अरुलाई दिए आफू मरिन्छ, मरेपछि पैसा के गर्नु ?
नबेचेसम्म दुई पैसा पनि आउदैन, करोडको भाउ गरेर के गर्नु ?

तैपनि जे जति छ, त्यसैलाई दोब्बर चौबर बनाउने ध्याउन्नमा छु
नोटलाई दोबारेर र लालपुर्जालाई चार तोड र
घरको नक्सालाई आठ तोड पट्याएर राख्ने गरेको छु ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x