साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाजी कलम

Nepal Telecom ad

ठुटे कलम बुटे कलम, कलम नानाथरी
इसारामा नाच्छ कैले कलम कठैबरी
जस्को सिता खान्छ, उस्कै गीत पनि गाउँछ
पाजी कलम ख्वामितका पाउ मुसार्न धाउँछ ।

जदौ भन्छ कर जोरी प्रशंसाको गजुर
निहुरिन्छ, ढोग गर्छ, प्रणाम अनि हजुर
नीति हैन नेतालाई गर्छ सँधै सलाम
लाज छैन लबस्तरो औशरवादी कलम ।

सत्ता जस्तै मीठो मान्छ भत्ता लुँड्याउँछ
धुत्र्याइँकै भर परी पेट ठड्याउँछ
जात छोड्यो धर्म छोड्यो विवेकलाई बाँध्यो
कविता हो भन्दै हेर चाकरी पो छाद्यो ।

तिललाई पहाड पनि बनाइ हिंड्छ कलम
खुराफात ओकलेर बबाल गर्छ कलम
चोरी अनि चकारीमा लर्खराउँछ कलम
कमिशन्को चक्करमा चक्कराउँछ कलम ।

देशघाती सम्झौतामा खर्च गर्छ मसी
घातकलाई जातक पार्छ कलम धसीधसी
सधैंजसो गाली लेखि ताली समेत पाउँछ
सालीलाई जागिर ख्वाउन तोक पनि लाउँछ ।

फुर्ति लाउँछ, घुर्की लेख्छ धम्की पनि दिन्छ
ठूलो बडो फलानाको म दाइने हात भन्छ
शौम्यताको प्रतीक यो किन भयो दुच्छर
कलम पनि हुँदोरेछ लिन्ठिङ् लिन्ठिङ् पुच्छर ।
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x