साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रमेश विकल वाङ्मय पुरस्कार रेग्मीलाई

Nepal Telecom ad

रमेश विकल साहित्य प्रतिष्ठानले ‘रमेश विकल वाङ्मय’ पुरस्कार वरिष्ठ साहित्यकार चूडामणि रेग्मी तथा रमेश विकल-सुशीला समाजसेवा पुरस्कार पवित्र सेवा समाजलाई प्रदान गरेको छ ।

प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली साहित्यको विकासमा योगदान पुर्‍याएबापत रेग्मीलाई २५ हजार तथा समाजसेवाका कार्यमा सक्रिय रहेकाले सो समाजलाई १० हजारसहित सम्मानपत्र दिइएको हो ।

त्यसैगरी प्रतिष्ठानले ‘रमेश विकल सिर्जना’ पुरस्कार वरिष्ठ साहित्यकार कणाद् महर्षि तथा ‘रमेश विकल बालसाहित्य’ पुरस्कार रञ्जुश्री पराजुलीलाई प्रदान गरेको छ । दुवै पुरस्कारको राशि पाँच हजार नगद छ ।

कार्यक्रमममा विकलकी छोरी अम्बिका चालिसेले एकलाखको अक्षयकोष तथा छोरा महेन्द्र चालिसेले ५० हजारको अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरेका छन् ।

यस्तै विकलले विसं २०१७ देखि २०४३ सम्म पत्रिकामा प्रकाशन गरेका लेखरचनालाई सङ्ग्रह गरी ‘हिमालको छहरा समुन्द्रको छाल’ नामक कृति लोकार्पण गरिएको छ ।

अनलाइन खबर डटकम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x