साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तन्त्र नम्बर चार सय सन्तानब्बे

Nepal Telecom ad

कर्मकाण्ड गर्नेले मन्त्र भट्याए झै नेताज्यूहरूले पनि देश गनाउनको लागि इतिहासदेखि भविष्य सम्म नै तन्त्रै–तन्त्र भट्याउने क्रम जारी छ । निरंकुश तन्त्र, शोषक र शोषण तन्त्र, आफ्नो भूँडी मटाउने तन्त्र, चाकरी र चाप्लुसी तन्त्र,ढोगभेट र गुरुदक्षीणा तन्त्र,छिटो कुर्ची समाउने तन्त्र, अरुलाई सखाप पार्दै आ फूलाई द¥हो बनाउने तन्त्र… आदि सबै तन्त्रहरू अन्तका नभएर नेपाल भित्रकै्र नेताहरूले आज्ञाकारी बालकले झैं जप्दै आएका मन्त्रहरू हुन् । होइन भन्ने हिम्मत गर्नुभयो भने पनि इतिहास साक्षी छ, सर्वोच्चमा नै मुद्दा हाल्न परेपनि पछि हट्ने छैन । 
अँ साच्चै आधुनिक युगको आएको सभ्यता र विकासको फड्को सँगसँगै तन्त्र विज्ञानमा पनि आधुनिकीकरण छाएको छ । २००७ सालमा आएको प्रजातन्त्रले आफूपछाडि अहिलेसम्म थुप्रै तन्त्रका शाखासन्तानहरूले डाँडाकाँडा, पाखापखेरा, छहराकन्दरा ढाकिसकेको छ । हानाहान र तानातान तन्त्र, आफ्नै वंश सत्यानाश पार्ने तन्त्र, गोली पड्काउने र मान्छेकै टाउको छप्काउने तन्त्र, वनवासी र घरबासीको कुकुरविरालोको लडाँई तन्त्र, कविते र रमिते तन्त्र, दिवा समयमा नै वैंक समेत लुटलाट गर्ने तन्त्र उदाएका पनि हाम्रा अगाडि त्यती धेरै पुराना भैसकेका छैनन् । यत्ति मात्र कहाँ हो र ? साना साना बालबालिकाहरू त पहिले–पहिला देखि नै हराउने गर्दथे, त्यसमा पनि विकास भएर ठूलै मान्छे पनि फटाफट गायब हुने तन्त्र, घरघरमै–बस्तिबस्तिमै रगतको भल बगाउने तन्त्र, मान्छेमान्छेका मानवता भगाउने तन्त्र आदि पनि तपाईँ हामी विचमा नै रहेका नवशिकारू तन्त्रहरू हुन् ।
“कुरा ग¥यो छुराकै दुख” नत्र भने यति लामो समयसम्म द्वन्दैद्वन्द र युद्धैयुद्धको काण्डल मच्चाए पनि लोकेतन्त्र आउनसकेन । बरू दिनदिन नविराइकन थालचम्चा बजाउने तन्त्र, उल्टो हिड्ने तन्त्र, पुत्ला बनाउने र जलाउने तन्त्र, मान्छे मान्छेको तन्त्र, मुन्छिनी मुन्छिनी को तन्त्र, आदि आदि तन्त्रैतन्त्रको दाईँ गरेको त पूर्ण लोकतन्त्र नआएता पनि अपाङ्ग लोकतन्त्रको हालीमोहली चलेको ताजा खबर तपाईहरूलाई पनि थाहा छ होला नै ।
अँ साच्चि जनताको इच्छा, नेताको इच्छा खै अरु कुन कुन हुन् सबैको इच्छा लोकतन्त्र, पूर्ण प्रजातन्त्र अनि गणतन्त्र अहिलेको तात्तातो तिर्सना, कसैले पनि सकेका छैनन् विर्सन । यसैको पूर्ण प्राप्तिका खातिर दिनानिदुन तन्त्रहरू फस्टाउन थालेका छन् । मटाउन थालेका छन् । कहिले जाती तन्त्र, कहिले वादी तन्त्र, कहिले पराई तन्त्र त कहिले तराई तन्त्र यस्तै–यस्तै जति धेरै तन्त्रहरू जन्मिइरहेका छन् उती नै गणतन्त्र महायन्त्र भएर अगाडि भाग्दै, दगुर्दै गरिरहेको पुरानै गेम त तपाइँहरूले पनि हेरिरहनुभएको छ नि । जनताहरूले जति नै तन्त्र जन्माएता पनि नेताहरूको बलियो कुर्ची समाउ भन्ने मूल तन्त्रले विश्रान्ती नलिएसम्म गणतन्त्र ब्याउन नसक्ला जस्तो छ । पेट ठूलो भएको छ, नौ महिना छाडि दश महिना पनि पूरापूर भैसक्यो गणतन्त्रको गर्भारोहण भएको तर पनि प्रसव वेदनाले छट्पटिन थालेकै छैन । आज हे¥यो उस्तै भोलि हे¥यो उस्तै । हे प्रभो के भएको होला यस्तो । यति धेरै तन्त्रैतन्त्रको खुराक दिँदा पनि गणतन्त्र पुस्टिन सकेको छैन । तन्त्रैतन्त्रमा भिटामिन थप्ने काम पनि कम भएको छैन । दिनादिनुन थपिदै छन् राजिनाम चढाउ तन्त्र, राजिनाम फुकाउ तन्त्र, आफ्नै आफ्नै मनपरी तन्त्रका चाङहरू । जति थपिए पनि अब सँविधान सभाकाके चुनावको लागि तयार हुने विधायकहरू प्रत्येकले एक एक वटा नयाँ तन्त्रको निमाण नगरेसम्म गणतन्त्र व्याउन नसक्ला जस्तो छ क्यारे ।
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x