साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाति र हजुरबाको फरक व्यथा

Nepal Telecom ad

हजुरबाले नातिलाई भने– हेर बाबु हाम्रो पालामा पनि तेरो पालामा जस्तो मोबाईल कम्प्युटर भएको भए कस्तो हुन्थ्यो होला है । मैले पनि मोबाईलबाट केटीहरूलाई फोन, म्यासेज, मिसकल गर्दथेँ होला । फेसबुक चलाउँथे होला । राम्रा राम्रा केटी छानेर फ्रेन्ड रिक्वयस्ट पठाउँथे होला । रातभरि च्याट गर्दथेँ होला । लाईक, कमेन्ट गर्दथेँ होला । स्काईप, भाइबरमा भ्वाईस, भिडियो च्याट गर्दथेँ होला । बाईकको पछाडि केटीलाई राखेर डेटिङ जान्थेँ होला । तर के गर्नु बाबु, म पहिल्यै जन्मिएछु । बुढाले चुकचुकाउँदै यस्तो भनेछन् ।
हजुरबाको कुरा सुनेर नातिले भन्यो– हेर्नुहोस् हजुर बा, म पनि तपाईको पालामा जन्मेको भए सानै उमेरमा विवाह गर्दथेँ होला । कत्ति रमाईलो हुन्थ्यो होला । केटीहरूलाई कुनै भाउ दिन पर्थेन होला । मोबाईल र इन्टरनेटको हजारौंको बिल पनि उठ्ने थिएन होला । गलफ्रेन्डलाई घुमाउन लाने र गिफ्ट किन्दिने टेन्सन पनि हुन्थेन होला । म पनि तीन चारवटीलाई विवाह गर्दथेँ होला । घरभरि सन्तान जन्माउँथे होला । अनि सबैलाई काममा लगाएर म पनि बसेर मज्जाले खान्थेँ होला । नातिले चुकचुकाउँदै आफ्नो व्यथा सुनायो ।
नातिको व्यथा सुनेर हजुरबा त ट्वाँ….. ।
–राजन पनेरू

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x