साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक (१५)

Nepal Telecom ad

भलो
सङ्घर्षपछि प्रजातन्त्र आए पनि
देश प्रयोगै प्रयोगको थलो भो ।
निर्धाहरूलाई शक्तिशालीहरूले दप्काए छन्–
चौतर्फी रुपमा यहाँ हुनेखानेकै भलो भो ।

चिट
लुज र टाइट रोजाउँनुस्
ठिटाठिटीहरूलाई टाइट नै फिट हुन्छ ।
अघिपघि घोकाएर के भो ?
परीक्षामा तिनैका गोजीमा चिट हुन्छ ।

फलिफाप
मिहेनतीलाई सधैँ यहाँ घोक्रेठ्याक
अल्छीलाई पिठ्यूँमा लाग्छ धाप ।
कलीयुग लागेर हो क्यार ! जमानै उल्टो छ–
जसको पाप उसैको भै’राछ फलिफाप ।

प्रजातन्त्र
तिमी भालुलाई पुराण नसुनाऊ
त्यो त धर्मको नाउँमा छल हो ।
प्रकारान्तरले हाम्रो प्रजातन्त्र
‘बाँदरको हातको नरिवल’ हो ।

विश्वास
आस्था छ भने नाम पनि राम हो,
व्यवहार उल्टो भएपछि रामै हराम हो ।
‘लाटो लड्छ एक बल्ड्याङ्, बाठो तीन बल्ड्याङ्’
विश्वास टुटेपछि राम, हराम सबै मस्ताराम हो ।
मन्थली रोछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x