सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मूर्तिपूजा

Nepal Telecom ad

कामधाम केही छैन हतारै छ सबलाई
गर्न केही आउने हैन मुखलाउने अरूलाई
कनिकुथी काम गर्यो मिल्ने केहि हैन
झारा तिराई काम मात्र बन्ने पनि हैन ।

शुरू गर्यो एकातिर बन्न पुग्छ अर्कै
कल्याङ मल्याङ सुन्दा पनि लाग्छ मलाई झर्कै
वीरपुर्खाका सन्तती हामी शान छ हाम्रो बेग्लै
दु ःख गर्छौं रगत पसिना बगाउँछौ थुप्रै ।

कर्म हामी गरिरन्छौ उन्नति चैं छैन
ब्वाँसो जस्तो समाज छ टिक्नै दिने हैन
गुलियोमा चटाएर सत्य झूटो पार्छ
समयले कोल्टो फेर्दा मह बनाई झार्छ ।

बलेको आगो प्यारै हुन्छ ताप्नलाई मजा
सत्यकर्म गरिरहुँ झूट हुन्छ धूजा धूजा !
किन हुन्थ्यो कठैबरा ! मात्र मूर्ति–पूजा !!
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
माया गाँस्ने कविता

माया गाँस्ने कविता

साधुराम खड्का
आज पखाल्ने दिवस

आज पखाल्ने दिवस

साधुराम खड्का
आधुनिक मान्छे

आधुनिक मान्छे

साधुराम खड्का
काफि हुन्छ

काफि हुन्छ

साधुराम खड्का
चम्चाकाे साँठगाँठ

चम्चाकाे साँठगाँठ

साधुराम खड्का
हाइकुको बथान

हाइकुको बथान

साधुराम खड्का
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’