साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छक्का सत्ता र अट्ठाको फरक

Nepal Telecom ad

महँगी किन बढेको हो ?
हातमा सत्ता छ भने अन्तर्राष्टिय स्तरमै भाउ बढेर हो
हातमा अट्ठा छ भने नेता र कर्मचारीले घपलाबाजी गरेरै हो ।

देश विकास किन नभएको हो ?
हातमा सत्ता छ भने अट्ठाले काम गर्नै नदिएर हो
हातमा अट्ठा छ भने नेता र कर्मचारी खालि कमाउने दाउमा लागेकाले हो ।

छिमेकी राष्ट्र भारत कस्तो रास्ट्र हो ?
हातमा सत्ता छ भने घनिष्ट मित्र राष्ट्र हो
हातमा अट्ठा छन् भने हाम्रो मुख्य सत्रु नै त्यही हो ।

अब हामी जनताले के गर्नु पर्छ ?
हातमा सत्ता छ भने सरकारसँग मिलेर काम गर्नु पर्छ
हातमा अट्ठा छ भने यो सरकार ढाल्नु पर्छ ।

देशको आर्थिक स्वास्थ्य कस्तो छ ?
हातमा सत्ता छ भने पहिलेको भन्दा धेरै राम्रो छ, झन् राम्रो हुँदै छ
हातमा अटठा छ भने सर्वस्व स्वाहा चौपट खत्तम छ, देश डुब्दै छ ।

नेपालमा जनताको लागि विकास कहिले आउँछ ?
हातमा सत्ता छ भने सरकारसँग जादुको छडी हुँदैन, धैर्य गर्नु पर्छ
हातमा अट्ठा छ भने तुरुन्त हुन्छ तर यो सरकार ढलेर हाम्रो सरकार बन्नु पर्छ ।

ऊ सँग अहिले सत्ता छ कि छैन, थाहा छ ?
तपाईंले नमस्ते गर्दा फर्काएन र देखेको नदेखै गर्यो भने त्योसँग सत्ता छ
देखेर फर्कायो अनि मुसुक्क हाँस्यो पनि भने त्योसँग अट्ठा छ
नजिकै आएर, हात मिलाएर, “सन्चै छ ?” पनि भन्यो भने त्योसँग छक्का मात्रै छ
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x