साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘कविता जस्तो कवि होस्…भूपीको धन्य होस्’

Nepal Telecom ad

काठमाडौं, १० पुस । प्रकृति, प्रेम, राष्ट्रियता र क्रान्तिकारी चेतनालाई साहित्यमा उतार्र्ने कवि भूपी शेरचन र कला क्षेत्रका पारखी लैनसिंह वाङ्देललाई उहाँहरूको ९० औ जन्मजयन्तीका अवसरमा कवि तथा कवयत्रीले आज सम्झना गरेका गरेका छन् ।

साहित्य र कलाको यो मिश्रणले क्रिस्ममस दिवसलाई पनि नयाँ ढङ्गले मनाएको भान हुन्थ्यो । वाङ्डेलका भौतिक, आध्यात्मिक, राजनीतिक र नेपाली जनजीवन झल्कने कला र उहाँका शिष्यलाई वरिपरी राखेर कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

महाकवि देवकोटा साहित्य प्रतिष्ठान नेपालद्वारा कला परिषद्को सभाकक्षमा आयोजित विशेष कवि गोष्ठीमा कविता वाचन गर्दै कविहरूले उहाँहरूको प्रसिद्धि र कला व्यक्तित्वको परिचर्चा पनि गर्नुभएको थियो । कवि भूपीकै तस्विरमा सभापति बनाई आयोजित सो कार्यक्रममा कवि श्याम रिमालले उहाँको जीवनका विविध आयामका बारेमा जानकारी गराउनुभएको थियो ।

भूपीको कवित्वको बारे चर्चा गर्दै प्रतिष्ठानका संयोजक रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ ले भन्नुभयो “कविता जस्तो कवि होस्, कवि कविता जस्तो होस् । सम्झना गरौं भूपीको आज जीवन धन्य होस् ।”

कार्यक्रममा साहित्यकार शैलेन्द्र साकारले ‘भूपीको दाहसंस्कार’ शीर्षक कविता सुनाउँदै क्रान्तिचेत र परिवर्तनको भावनालाई जनशैलीमा प्रस्तुत गर्न सक्ने थाकखोलाका भूपीलाई अद्भूत मानवको संज्ञा दिनुभयो । साहित्य र कलालाई जनवोलीमा उतार्ने अद्भूत क्षमता रहेका भूपीमा आत्मविश्वास प्रचुर रहेको उहाँको भनाइ थियो ।

नेपाल कला परिषद्का महासचिव तथा भूपीका क्रिकेट साथी शङ्करनाथ रिमालले भूपीको सन्दर्भ जोड्दै भन्नुभयो “ द्रष्टा नभई स्रष्टा हुँदैन, भूपीमा ती दुबै गुण रहेको थियो ।”

गोष्ठीमा नेपालको वर्तमान राजनीतिक अवस्था, राजनीतिक नेतृत्वले जनताका पक्षमा गर्न नसकेको काम तथा वढ्दो संक्रमण कालको समेत कविताका माध्यमबाट चर्चा गरिएको थियो ।

त्यस मध्येका एक कवि नवराज पराजुलीले पछिल्ला दिनमा बढ्दै गरेको महिला हिंसा र चेलीहरूले भोगेका दर्दनाक पीडालाई कविताका माध्यम मार्फत प्रस्तुत गर्नुभएको थियो ।

आत्म स्वाभिमान र गौरवगाथा लाई शव्दमा व्यक्त गर्ने अर्की कवयत्री तिलस्मी प्रभासले आफ्ना भावनाहरू यसरी व्यक्त गर्नुभयो –
‘मैले चाहे चट्टानलाई पगाल्दिन सक्छु
समुद्रलाई पनि बलाइ दिन सक्छु ।’

जनताका कवि भूपीको साहित्यिक र वाङ्देलको कलाले नै नेपालको परिचय विश्व जगतमा दिएको भन्दै कार्यक्रममा उहाँहरूको आदर्श र सपनालाई साकार पार्नु आजको अपरिहार्य आवश्यकता रहेकोमा जोड दिइयो ।

कार्यक्रममा कविहरू शैलेन्द्र साकार, रत्ननिधि रेग्मी शुक्राचार्य, सनतकुमार वस्ती, कर्णाद महर्षि, डा नयना प्रधान, अनुराधा थापा, उर्मिला पन्त पाण्डेय, श्याम रिमाल, रमेश लम्साल, हेम पौडेल, शशी रिमाल, रमेश खकुरेल, भुवनहरि सिग्देल, सुिनल पुरी, हरिप्रसाद पाण्डेय, गोपालकुमार मैनाली, भाग्यशाली अधिकारी, पुण्य गौतम ‘विश्वास’, वैरागी जेठा, तिलस्मी प्रभास, कृष्णदेव रिमाल, मणिराज सिंह, कमला रिसाल ज्योति, श्यामराज पाठक, अविकेशर ओलीलगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x