चट्याङ मास्टरआज मन लागि रहेछ !
आज कसैको प्रशंसा गर्न मन लागि रहेछ,
कसको प्रशंसा गरौँ ?
प्रशंसा गर्न लायक कोहि देख्दिन यहाँ,
म आफ्नैबाट सुरु गरौँ ?
आज कसैलाई गाली गर्न मन लागि रहेछ,
कसलाई गाली गरौँ?
तपाई अगाडि हुँदै हुनुहुन्छ,
तपाईंबाटै सुरु गरौँ ?
आज एउटा राम्रो अनुहार पनि हेर्ने रहर छ,
कसको हेरौँ ?
“ए बाबु ! जाऊ त, लेराऊ त,
म ऐना हेरौँ !”
आज त्यागको भावना जागी रहेछ,
भन्नुहोस् म समाजको लागि के त्याग गरौँ ?
“यता ट्वाइलेट कता छ हँ ?
म गएर आउँ ?”
आज देश र जनताको लागि रगत बगाउन तयार छु म,
बगाइदिऊँ ?
ओ मित्र ! अलि यता आउनुहोस् त,
तपाईंलाई एक महान सहिद बनाउँ ?
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































