साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन–आक्रोश गर्जला !

Nepal Telecom ad

झगडा तगडा बन्दै, शीर्षकै टाउको पुग्यो
चुच्चे ढुङ्गो उही टुङ्गो, घुम्दै घुम्दै झुकी नुह्यो ।
कार्यदल बनाएर, लछार्यौ द्वन्द्वका कुरा !
बालुवा गिट्टी पेलेर, तेल झर्दैन है भुरा ।।१।।

सात साल चले वार्ता, बजेट सिद्धिए कति ?
नाता चाकरका गोजी, भरिए चुलिए अति ।
प्रभुभक्त बनी सध्धैं, देशभक्ति मरीसक्यो
भुलायौ जनता धेरै, श्रद्धा हाम्रा मरीसक्यो ।।२।।

ल्याङ्फ्याङ गरी शीर्ष, सत्ता चल्दैन है बुझ
ज्वालाको मुख बाएर, जनता उठ्छ निश्चय ।
माघ आठ थियो तिम्रै, ‘वाचा’ आचा नखाईद्यौ
संविधान रची नौलो, चाचा नाना सजाइद्यौ ।।३।।

शीर्ष नेता त्यसै हुन्न, दूर–दृष्टि नभैकन
लुटुवा–फुटुवा बानी, छोड्न सक्छौ त दुर्जन ?
अँध्यारो व्योम देखिन्छ, उल्का–उत्पात बर्सला
हुरी बतास चम्केर, जन–आक्रोश गर्जला ।।४।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x