साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोडसेडिङले नेपालै झललल

Nepal Telecom ad

(प्यारोडी)

महँगीले बगायो सललल
लोडसेडिङले नेपालै झललल ।

मट्टितेल नपाउँदा
छोरो भोकै बस्यो
चक्काजाममा सुत्केरिको
बाटोमै नाल खस्यो
नेपाल बन्द गरेर सललल
लोडसेडिङले नेपालै झललल ।

महँगीले थिची थिची
जनता मार्न आँट्यो
राहत दिन्छु भन्ने बजिया
फेरि जनता ढाँट्यो
अँध्यारोमा मैन बत्ती सललल
लोडसेडिङले नेपालै झललल ।

रक्षा गर्छु भन्ने पनि
भक्षक बन्न थाले
सभासद भन्ने पनि
डाकु बन्न थाले
आशान्तिले नेपाल खलबल
लोडसेडिङले नेपालै झललल ।

भ्रष्टाचारको दोलो सेक्ने
कस्को बाउको तागत
जसले जति खाए पनि
मिलाका छन् कागत
भ्रष्टाचारले बगायो सललल
लोडसेडिङले नेपालै झललल ।

एउटा जान्छ दक्षिणतिर
अर्को उत्तरतिर
काले काले पालै पालो
खाएका छन् खिर
नेताज्यू,
भट्टी भित्र हाँसेका गललल
देश बेची खान्छन् कि सललल ।
जनता,
भोको पेटमा हाँसिदेऊ गललल
लोडसेडिङले नेपालै झललल ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x