साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता हुन कति पढ्नुपर्छ सर ?

Nepal Telecom ad

कक्षामा विद्यार्थीले मलाई एउटा गजबको प्रश्न गरे, \’नेताहरूले सात-आठ वर्षमा पनि एउटा संविधानको किताब लेख्न सकेनन् । यिनीहरूले पढेलेखेका छैनन् सर ? नेता हुन कति पढ्नुपर्छ ?\’ विद्यार्थीले सोधेपछि मैले बताउनैपर्यो् । मैले दे खेभोगेका आधारमा उनीहरूलाई यसरी सम्झाएँ- सरकारी सेवामा तल्लो तहमा कार्यालय सहयोगीदेखि माथिल्लो तहमा सचिवसम्मका पद हुन्छन् । सरकारी नोकरीमा पढाइ अनिवार्य हुन्छ । कार्यालय सहयोगीका लागि पनि साधारण लेखपढ गर्न जान्नुपर्छ । मुखिया भन्ने पदका लागि ८ कक्षा उत्तीर्ण हुनुपर्छ । खरदारका लागि प्रवेशिका, सुब्बाका लागि प्रमाणपत्र तह र शाखा अधिकृतका लागि स्नातक उत्तीर्ण हुनुपर्छ । कतिपय पदका लागि स्नातकोत्तर पनि चाहिन्छ । यो त जागिरका लागि निवेदन हाल्न चाहिने न्यूनतम शै क्षिक योग्यताको कुरा मात्रै हो । त्यसपछि महिनौँ, वर्षौंसम्म घुँडा धसेर पढ्नुपर्छ । हजारौँ प्रतिस्पर्धीलाई लिखित र मौखिक परीक्षामा पछि पारेर अब्बल हुनुपर्छ । त्यसपछि पनि एक वर्ष परीक्षणकालमा बस्नुपर्छ । त्यसमाथि बढुवा भएर उपसचिव, सहसचिव हुँदै सचिव हुन त झन् कति हो कति योग्यता र खुबी चाहिन्छ ।

तिमीहरूलाई थाहै होला, यी सबै विद्वान्, पढेलेखेका कर्मचारीभन्दा माथि मन्त्रिपरिषद् हुन्छ । मन्त्रिपरिषद्ले लाए-अह्राएका काम कर्मचारीले गर्नुपर्छ । मन्त्रिपरिषद्मा बस्ने नेता, प्रधानमन्त्री वा मन्त्री हुन भने कालो अक्षर भैँसी बराबर भए हुन्छ । ल्याप्चे लगाउनचाहिँ जान्नुपर्छ । तलबभत्ता, उपचार खर्च, आर्थिक सहयोग इत्यादिको भर्पाईमा सही गर्न नजाने पनि ल्याप्चे त लाउनुपर्योर नि । तलबभत्ता पाउने पदमा नियुक्त नभएका नेताले कमिसन, घूस वा अन्य प्रकारका आम्दानी बुझ्नचाहिँ ल्याप्चे लगाउन पनि जानिराख्नु पर्दैन । नोट चिन्न र गन्न जाने पुग्छ ।

पढ्नु नपरे पनि नेता हुन त्यति सजिलो त कहाँ छ र ! नेता बन्न पनि सानै उमेरदेखि विशेष गुण र क्षमता हुनुपर्छ । उदाहरणका लागि तिमीहरूमध्ये बच्चैदेखि अनेक छेउ न टुप्पाका तर्क गर्ने, झूटमुट कुरा गर्ने, आकाश-पातालका गफ हाँकेर साथीहरूलाई आफ्ना वरिपरि भेला गर्न जान्ने, कुस्ती खेल्न सधैँ अग्रसर हुने, साथीहरू वा सरहरूलाई नै पनि बाटो ढुकेर ढुंगाले बजाउन सक्ने, आफू उम्किएर अरूलाई फसाउन जान्ने, मुद्दामामिला गर्न अघि सर्ने, यस्तो स्वभावका तिमीहरू जो जो छौ, पछि गएर नेता बन्न सक्छौ । आफ्ना कुरा मात्र ठीक मान्ने, अरूका कुरा नसुन्ने, आफू मात्र विद्वान्, अरू सबै मूर्ख ठान्ने यस्ता गुण पनि हुनुपर्छ । विरोधीलाई सकेसम्म तल्लो स्तरका गाली गर्न, धम्क्याउन जान्ने हुनुपर्छ । नाटक गर्न त नजानी हुँदै हुँदैन । जनतालाई दु:ख परेको देखेपछि तुरुक्कै आँसु झार्न सक्नुपर्छ ।

तिमीहरूले कुरा बुझ्यौ होला, नेता हुन यति नै पढेको हुनुपर्छ भन्ने नियम बनेको छैन । बरू सरकारले सार्वजनिक सवारीसाधनका चालकले पनि कम्तीमा एसएलसी गर्नुपर्ने नयाँ नियम थपेको छ । यस्तो नियम बनाउने अधिकार पनि उनीहरूलाई नै भएकाले नेताका लागि पढाइ चाहिने नियम बन्नेवाला पनि छैन । उनीहरूको काम त आफूबाहेक सबैलाई लाग्ने नियम बनाउने हो । आफैंलाई लाग्ने नियम कसले बनाउँछ, होइन त भाइबहिनी हो ?

सबैले भने, \’हो सर ।\’
नेपाल, २०७१ पुस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x