साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युगपुरुष र अज्ञात

Nepal Telecom ad

एउटा पुड्को युवक
नागार्जुन जङ्गल चपाउँदै
सहरको गल्लीभित्र छाउँछ
युगपुरुष अजा भेट्न
एङ्गेल्स भएर उठेको छ
मझेरी भित्र
कवि भएर
अजाको घर पुग्न
सहरका त्रासदी टोल घुमेर
आफूलाई अज्ञात बनाएर
अजाको दैलो टेक्छ
वनबाट उछिट्टिएर
कवि चलबलाउँछ
बाहुनी चरीझैं
कविता खलबल गर्छ
मङ्गलबजारका विहारहरूमा
अजाको घर खोज्दा खोज्दै

हराउँछ
लाटो साथीको मान्छे भएर होला
एउटा पुरानो घरमा छिर्छ
अजा अजीहरूको मुस्कान देखेर
आफूलाई उर्वर ठान्छ
एउटा पुड्को मान्छे
धरहरासँगै रुन्छ
आफ्नै पसिना पिएर
अजाको दैलोमा विश्राम लिन्छ
साहित्यिक व्यापार गर्न
बजारको खोजीमा
रानीवनबाट निस्केको हुन्छ
भएभरको समय खर्चिएर
अजा अजीलाई नियाल्दै

लाटोसाथीको पुस्तक दिन्छ र
आफ्नो बाटो फर्कन्छ
महँगो बजारको धुवाँ चपाउँदै
अजाको घर जाने प्रण गर्छ
हरेक गल्लीहरूमा हराउँदै
कविताबाट झरेको सोमरस घुटुक्क निल्छ
होचो पुड्को युवक
साहित्यमा श्रम खर्चेर
ऋणको आहालमा पौडी खेल्न रमाइरहेछ
मक्ख भइरहेछ केटो
उसको पैसा कैल्यै फर्केर आएन
साहित्यको हिलोमा गाडिइरहेछ

अजाको कान्छो कवि
कविताका दाम्ला बाटिरहेछ
सुन्दर युग पुरुष हुन
ऊ कुर्लिरहेछ
घण्टाघरको सुइसँगै
त्यस दिन
अजा अजीलाई भेटेपछि
फर्केर टेकेको छैन
अजाको दैलो
अजाको मायाले डो¥याएर होला
उहाँको अज्ञात व्यक्ति
उही पुड्के केटो थियो
स्रष्टा र द्रष्टाका विचार गन्थमा
अज्ञात भन्दा
अलिकति टिठ लागेपनि
उसले पचाएको थियो
उवाको सातुसँगै
मेरो प्यारो युग पुरुष भन्दै
अक्षरहरूलाई मुसार्दै
यति वेला
स्वास्थ्य लाभको पत्र कोरिरहेछ
कपाल बाटेझैं
साहित्यको रङ्गशालामा
एङ्गेल्स् बन्न
संघर्ष गरिरहेछ
शिशिरको आँसुका घैलाहरू फोर्दै

आफ्नो शताब्दी पुरुषको सम्मानमा
कविता फुलाइरहेछ
जागिझैं ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x