साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको रजत विशेष

Nepal Telecom ad

घुम्ती कविगोष्ठी नेपालले २०७१ पौष १२ गते शनिबार साहित्य सदन नेपाल, बौद्ध, रामहिटीमा २५ औँ नियमित शृङ्खलालाई रजत विशेष कविगोष्ठीका रुपमा भव्यताका साथ सम्पन्न ग¥यो ।

वरिष्ठ साहित्यकार कणाद महर्षिको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा महाकाव्यकार भुवनहरि सिग्देल प्रमुख अतिथि हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा विजय चालिसे, वेदमणि घिमिरे, अमीर थापा, बाजुराम पौडेल, रामबहादुर पहाडी आदि हुनुहुन्थ्यो ।

६१ जना कवि–कवयित्रीहरूद्वारा वाचित यस कार्यक्रमका कविता, गजल तथा हाइकुहरूको समीक्षा हेमनाथ पौडेलले गर्नुभएको थियो । परशुराम पराशर र डिल्लीप्रसाद मूलतिहुनद्वारा सञ्चालित यस कार्यक्रममा पवन सङ्ग्रौला, ईश्वर आचार्य, यदुनाथ वसन्तपुरे, मुरारी सिग्देल, वैरागी जेठा, भाग्यशाली अधिकारी, ओम कोइराला, अच्युत घिमिरे, भगतदास श्रेष्ठ, हरिप्रसाद पाण्डे, पुन्यप्रसाद आचार्य, मानन्धर अभागी, विजय विश्वास, मोहनमणि पोखरेल, राजेश चोच्छे, प्रभाती किरण, नारायण निरासी, लक्ष्मी रुम्बा, वसन्त रिजाल, रत्ननिधि रेग्मी शुक्राचार्य, दिनेशविक्रम थापा, सुमन पुडासैनी मित्र, भण्डारी दाइ, सुदेश सत्याल, रामचन्द्र न्यौपाने वनबासी र शारदा पराजुलीले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

त्यसै गरी अन्य रचना वाचन गर्ने कवि–कवयित्रीहरूमा ढुण्डीराज मरासिनी, प्रकाश बस्नेत गफाडी, गोविन्द नेपाल, ललिता दोषी, स्वेच्छा, सुनिल स्पन्दन, रुपक अलङ्कार, निर्वान झापाली, अज्ञात लुइटेल, पुण्य गौतम विश्वास, ईश्वर चालिसे, तिलस्मी प्रभास, इन्दु अंशु, रामचन्द्र खतिवडा, सरह पराजुली, धर्मरत्न शाक्य, सुनिता नेपाली, गङ्गानाथ भण्डारी, तर्कना शर्मा, मणिराज सिंह, उभिला पन्त, प्रकाशमणि दाहाल, घनश्याम प्रसाईं, राजनप्रसाद न्यौपाने, लक्ष्मी एडी माधव परियार, राधिका भण्डारी, रश्मी रिमाल, चिरन्जीवी दाहाल, श्यामबहादुर भावुक आदिका साथै अतिथिहरूले पनि रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रमलाई सबैभन्दा बढी कवि–कवयित्रीहरूले कविता वाचन गरेको कार्यक्रम भनेर सबैले टिप्पणी गरेका थिए भने साहित्य सदन नेपालका अध्यक्ष अमीर थापाले घुम्ती कविगोष्ठी नेपालले छोटो समयमै भव्य अनि सभ्य कार्यक्रम गरेकोमा र कविता वाचन गर्ने कवि–कवयित्रीहरूलाई कलम तथा डायरी उपहार दिएकोमा धन्यवाद दिनुभयो । घुम्ती कविगोष्ठीका सदस्य बालमुकुन्द कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको यो कार्यक्रममा कविहरूहलाई उपहार तथा चिया–खाजाको समेत व्यवस्था गरिएको थियो ।
–पर्शुराम पराजुली ‘परासर’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x