साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के बन्ला र ? संविधान !

Nepal Telecom ad

सत्तामा छन भ्रष्टाचारी के बन्ला र ? संविधान !
प्रतिपक्ष बन्दुकधारी के बन्ला र ? संविधान !

शोषणबाट मुक्त छैनन् अझै हाम्रा चेलीहरू
संसदमै छन् बलत्कारी के बन्ला र ? संविधान !

आफ्नो हक खोज्न अब आफै लाग ए युवा हो !
युवा हुँदा बेरोजगारी के बन्ला र ? संविधान !

चुनाव जिती नेताहरू संसदमा पुगेपछि
बस्छन् काम पर सारी के बन्ला र ? संविधान !

पुगेपछि सरकारमा धेरै पटक यिनै यिनै
यौटा टुक्के अर्को दाह्री के बन्ला र ? संविधान !

‘मृत्यु’दण्ड दिए पनि अन्तिमसम्म भन्छु मैले
नेपाल साझा फुलबारी के बन्ला र ? संविधान !

नेपाल नामको डुङ्गालाई तिनै मात्र चलाउँछन्
गर्दा गर्दै वारिपारि के बन्ला र ? संविधान !!
जहदा, नवलपरासी
१४–०९–२०७१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x