साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसाको पाइन

Nepal Telecom ad

खुर्पा, खुकुरी, चुलेसी या यस्तै अरु अन्य हतियारहरूमा धार नदोब्रिने पार्नका निम्ति लगाइने पाइन पैसामा कसरी लाग्यो भन्नु होला । तर स्थिति यति जाज्वल्यमान भइसकेको छ कि अव त हतियारको धार नदोब्रिने पार्नकै निम्ति पैसामा पाइन लगाउनु पर्छ । पैसाको पाइन भन्नोस् या पैसामा पाइन ! यो नहु“दा तपाईंका यावत हतियारहरू भुत्ते सावित भइआएका छन् । तपाईं हामी सबले बुझ्नु पर्ने कुरोको जरो के हो भने पैसानै हतियार हो, तीर हो, गोलावारुद हो । आधुनिक शस्त्रअस्त्र भन्नोस् या अत्याधुनिक क्षेप्यास्त्र सबै पैसा हो ।

उहिलेउहिले नगदभन्दा बढ्ता जिन्सीको कारोबार हुन्थ्यो रे ! मुद्धाको ठहर आफ्नो पक्षमा पार्ने रहर पूरा गर्न निसाफकर्तालाई एकजना वादीले राम्रो राडी टक्र्याएछ । त्यो थाह पाएर उसको प्रतिवादीले पनि चारमाना दूध दिइरहेको लैनो गाई नै सुपुर्दगी गरी दिएछ । मुद्धा फैसला हुँदा वादीले हार्यो । कागती निचोरेजस्तो अनुहार लगाउँदै निसाफकर्तालाई राडीको कुरा सम्झाउन खोजेछ । निसाफकर्ताले जबाफ दिएछ– “तिम्रो राडी त हेर्दाहेर्दै गाईले खाइ दियो।” जिन्सीको कारोबारमा पनि यस्ता अनपत्यारिला घटना हुने गर्थे । घाँस खाने गाईले राडी खान्थ्यो । अहिले भने नगद्को कारोवार जमेको छ । अव त गाईले जावो राडी–साडी होइन, पैसाले गाडी खान थालेको छ ।

पाइनको अर्थ तुजुक हो भनेर यहा“ अथ्याई रहनु पर्दैन । आजकल बुद्धि नभएका बुज्रुकहरूलाई पनि पैसाको तुजुकले बुद्रुक बुद्रुक उफारी रहेको छ । “छन् गेडी सबै मेरी– छैनन् गेडी सबै टेडी ।” गेडीको गुड अर्थ पैसा हो । पैसा देखेपछि महादेवको पनि तीन नेत्र । सुरसाको मुखभन्दा ठूलो हाब्रो भएको पैसाले पाए जति सबै खाने गरेको छ । पैसाले गिदी खाइदिन्छ, नैतिकता खाइदिन्छ, इमान खाइदिन्छ, जमान खाइदिन्छ, योग्यता खाइदिन्छ, क्षमता खाइदिन्छ । पैसाले ज्ञान समेत चपाउँदै विज्ञानमाथि धावा बोलिरहेको छ । यसले खान, चपाउन र पचाउन केही पनि बा“की राखेको छैन ।

तपाईं भन्नु होला यत्रोविधी जम्मै खाए पनि मान्छे त सबै भन्दा चलाख र बाठो प्राणी हो, यसलाई त पैसा जाबोले के खान सक्लार ¹ अहँ यो पनि होइन, पैसाले मान्छेलाई समेत बा“की राखी रहेको छैन । मान्छेको गिदी अर्थात दिमाग, मन अथवा मुटु, घ्राण अथवा नाक, श्रवणशकि् अथवा कान आदि सवै संवेदनशील अङ्ग–प्रत्यङ्ग पैसाले खाइसकेको छ । यसरी सबै अङ्ग खाइ सकेपछि भित्र खोक्रो बाहिर बोक्रोमात्र जुन स्वरुप देखिन्छ त्यो अहिलेको मान्छे हो । यस्तै एउटा मान्छेसँग हिजै मात्र मेरो जम्काभेट भएको थियो । केही दिन अघि सारसौंदै देखेको मान्छे अहिले सिर्फ वैशाखीको सहारामा लखरठयाक लखरठ्याक गरेको देख्दा मलाई आश्चर्य लाग्यो । “हैन, के भयो तपाईंको खुट्टा ?” मेरो जिज्ञासा निवारण गर्दै उसले आफूमा घटेको घटनावारे बृतान्त बतायो । उसको खुट्टाको नलीहाड पैसाले नै सुरुवा बनाएर तन्तनी पिइदिएको पो रहेछ । उसले नलीहाडको सुरुवा पैसालाई पियाएपछि अबका यी दिन वैशाखीको भरमा कहिलेसम्म घिसार्नुपर्ने हो, थाह छैन । तपाईंले अव बुझ्नु भो होला पैसाले मान्छेको नलीहाड पनि चपाउ“दो रहेछ । हो, पैसाद्वारा दिमाग चाटिएका, पैसाद्वारा मुटु चुँडालिएका, पैसाद्वारा आँखा फुटाइएका, पैसाद्वारा कान कोतरिएका, पैसाद्वारा नाक निमोठिएका अनगिन्ती मान्छेहरू हाम्रै ओरिपरि धद्धाइरहेका छन् । यो सव पैसाको पाइन हो ।

पैसाको खाने क्रिया एवं प्रकियावारे माथि सङ्क्षेपमा चर्चा गरियो । पैसाले उडाउने र लडाउने पनि गरेको छ । उडाउने कुरा शक्ति अर्थात वलसँग सम्बन्धित छ भने लडाउने कुरा राजनीतिक दलसँग । शक्तिशाली भन्नोस् या शक्तिसम्पन्न गिरोह पैसाका निम्ति पैसाकै वलमा पैसाको प्रलोभन देखाएर बेरोजगार युवाहरूलाई खाडी मुलुकतर्फ उडाइरहेको छ, युवतीहरूलाई बम्वै (अहिलेको मुम्बै) स्थित रेडलाइट लाइनतिर उडाइरहेको छ । यो पैसाको व्यवशाय हो, पाइन हो । राजनीतिक दाउपेच अन्तरगत दलहरूलाई लडाउने कार्यमा पैसाको पाइन असाध्य पौरखी हुँदै आएको छ । पैसाको पौरखले राजनीतिको भर्याङ चढाउने र प्रतिष्ठाको लौरो ठ्डयाउनेदेखि नचाहँदा नचाहँदै कुसीबाट डङ्ग्रङ्ग लडाउनेसम्मका कार्यहरू सफलतापूर्वक सुसम्पन्न गरी रहेको छ । भनिन्छ– हेरौँला तेरो पाइन ! यो पाइन भनेको सिर्फ पैसाको पौरख हो, तुजुक हो । यो पौरख र तुजुकमा अझ तेज थप्न पैसाको पाइन हालौं, पाइन चडाऔं । ए हजूर ! पैसाको पाइनविना न कतै “लाइन” पाइन्छ, न कहीं लाइटमा आइन्छ ! सिर्फ गोता खाइन्छ हजुर, गोता ।

हिमालय टाइम्स ०५५ मङ्सिर २४ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x