साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिदका सपना

Nepal Telecom ad

हाम्रा सहिदका धेरै जसो सपनाहरू त साकार भई सकेका छन्
म मन्त्री भएँ, छोरो बिजनेस म्यान छ,
नाति नातिना अमेरिकामा छन्,
ज्वाईं–छोरी बेलायतमा छन्
हाम्रा सहिदका धेरैजसो सपनाहरू त साकार भई सकेका छन्
तर ती महान सहिदका केही छुटपुट सपना अझै पुरा हुन बाँकी नै छन्
हाम्रा केहि नातागोता अझै गाउँमा आफ्नै पौरखको कमाई खाँदै छन् ।

बाँकी सहिदका बाँकी सपना पुरा गर्न हाम्रो आन्दोलन जारी छ
“गाँस बास कपासको ग्यारेन्टी गर !”
तपाईंको लागि यो सपना हाम्रो लागि यो नारा तयारी छ
सपनामा बाहेक त्यस्तो ग्यारेन्टी कसले कसको कहाँ गर्न सकेका छन् ?
महान सहिद बनेपछि त्यस्ता सपना त्यसैगरी साकार हुन्छन्
जसरी हाम्रा सहिदका सपनाहरू आजसम्म जति साकार भई सकेका छन्
तर हाम्रा केहि नातागोता अझै गाउँमा आफ्नै पौरखको कमाई खाँदै छन् ।

आउनुहोस् आउनुहोस्–
फलाना दिन फलाना ठाउँमा फलाना नेताको आमसभामा सहभागी बनौँ
जनशक्तिको प्रदर्शन गरौँ, नेपाल बन्द गरौँ, बहादुर जाति हामी अगाडि बढौँ
देशलाई बलिदान चाहिएको छ, सहिद बनौँ अनि आफ्ना महान् सपना पुरा गरौँ
तपाईंका ती महान सपना हाम्रा महान नेताहरूले त्यसै गरि पुरा गराई छाड्ने छन्
जसरी तपाईं भन्दा पहिलेका सहिदका धेरैजसो सपनाहरू साकार भई सकेका छन्
हाम्रा नेताका केहि नातागोता अझै गाउँमा आफ्नै पौरखको कमाई खाई बसेका छन् ।
बत्तिसपुतली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x