साइबर अपराध सम्बन्धी सचेतना सामग्री

…हो त नि !

Nepal Telecom ad

झुशील’दा आजभोलि अलि बढी निहुरिन थालेको किन ?
त्यत्रो दाह्रीको भारि यित्रो बुढो गर्दनले कसरी थामोस् त ?
हो र ? हो त नि !

केपोलीको बोलीमा उखानका गोली थोरै हुन्छन आज भोलि, किन ?
ऊ खान छोडेर अब त्यो खाने बेलामा उखानैतिर लागिरहुन् त !
हो र ? हो त नि !

उदण्डको कुम आजभोलि बेलाबेला उति उचालिँदैन, किन ?
त्यत्रो गरम कोटको त्यत्रो भारी बगली झुन्डिएपछि कुम कसरी उचालियोस् त ?
हो र ? हो त नि !

बन्दर नाइकेको श्वर आजभोलि झनझन बस्दै जान थालेको किन ?
उठ्यो कि हारी हालिन्छ भन्ने कुरा कसरी बिसिर्युन् त ?
हो र ? हो त नि !

मातम नेपालले च्याँट्ठिन कम गरेका छन्, किन ?
मातम नेपाल अब मातप भारत भइसके नि त !
हो र ? हो त नि !

बबुरोरामको मुख आजभोलि हँसिलो देखिँदैन, किन ?
सवारी दुर्घटनामा त्यत्रा नेपाली हरेक दिन मरे पनि
कसैलाई आफ्नो पाटीका महान सहिद घोषणा गर्न पाएनन् नि त !
हो र ? हो त नि !

अब अर्का बित्पातले बन्दुक उठाउने रे, कतिलाई महान सहिद बनाउलान् हँ ?
उनका गुरुको बिस हजारको रिकर्ड नतोडी प्रधानमन्त्री बन्न पाउँदैनन् नि त !
हो र ? हो त नि !

दे उप बाको गडबड बडबढ कमै सुनिन्छ किन ?
तपाईंको कानमा कानेगुजी जमेको छ, कसरी सुनियोस् त ?
हो र ? हो त नि !
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x