साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको नौटङ्की

Nepal Telecom ad

जहाँ पनि झिक्ने गर्छन् बखेडा नि यिनै
भ्रष्टाचारी महलका अखडामा यिनै ।

स्वार्थी माग तेर्स्याउने काम गर्छन् यिनै
मिली–जुली कुम्ल्याउने धन्दा गर्छन् यिनै ।
अड्डादेखि अदालत तगडा छ यिनकै
सधैंभरि खिचातानी झगडा छ यिनकै ।

सर्वहारा गरिब झैं नारा चर्को यिनकै
आयोजना जनमुखी नखरा छ यिनकै ।
कमिसन तन्त्र–मन्त्र बडा दुनो यिनकै
दीनदुखी दुन्याएको भकारी छ यिनकै ।

राष्ट्रियता रटाउन सिपालु छन् नेता
राष्ट्रियता, धर्मकर्म, सर्म छैन यता ।
युरोपको डलरले किनेका छन् अन्डा
राष्ट्रवादी नारा दिन्छन् उचालेर झन्डा ।

न त बन्यो सहमति, न त संविधान
बनाउने जुटाउने पारेका छन् भान ।
जनताले जानिसके नौटङकीको चाला
नेताजीको नाटकमा भुले देशै जाला ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x