सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेताको नौटङ्की

Nepal Telecom ad

जहाँ पनि झिक्ने गर्छन् बखेडा नि यिनै
भ्रष्टाचारी महलका अखडामा यिनै ।

स्वार्थी माग तेर्स्याउने काम गर्छन् यिनै
मिली–जुली कुम्ल्याउने धन्दा गर्छन् यिनै ।
अड्डादेखि अदालत तगडा छ यिनकै
सधैंभरि खिचातानी झगडा छ यिनकै ।

सर्वहारा गरिब झैं नारा चर्को यिनकै
आयोजना जनमुखी नखरा छ यिनकै ।
कमिसन तन्त्र–मन्त्र बडा दुनो यिनकै
दीनदुखी दुन्याएको भकारी छ यिनकै ।

राष्ट्रियता रटाउन सिपालु छन् नेता
राष्ट्रियता, धर्मकर्म, सर्म छैन यता ।
युरोपको डलरले किनेका छन् अन्डा
राष्ट्रवादी नारा दिन्छन् उचालेर झन्डा ।

न त बन्यो सहमति, न त संविधान
बनाउने जुटाउने पारेका छन् भान ।
जनताले जानिसके नौटङकीको चाला
नेताजीको नाटकमा भुले देशै जाला ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मौकामा चौकाको चर्तिकला

मौकामा चौकाको चर्तिकला

डा. बमबहादुर जिताली
एनसेलको सेल

एनसेलको सेल

डा. बमबहादुर जिताली
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
वर्तमान र विगतको मर्म

वर्तमान र विगतको मर्म

डा. बमबहादुर जिताली
हिजो-आज

हिजो-आज

डा. बमबहादुर जिताली
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने