साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माटोका कुरा गरौं !

Nepal Telecom ad

सधैं त होटेलमा विदेशी खानाकै कुरा भो
विभिन्न भोजमा टन्न पिउने बहानाकै कुरा भो
घर सम्झेर आज कस्तोकस्तो भइरहेछ मेरो मन
साथी ! आज फाफरको साग र आटोका कुरा गरौं
धेरै टाढा आइएछ, घर–आँगन पुग्ने बाटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !

नशाले मात्तिएपछि जीउँतो ? नाच र पपगाना भो सधैं
तर मन नाचेन, कस्तो निष््प्रभाव तराना भो सधैं !
आज किन हो किन त्यसै भरङ्ग भइरहेछ मेरो मन
बरु मेलामा नाच्ने मङ्गली र गाउँले केटोका कुरा गरौं
आफ्नै वनपाखा घन्काउने सुन्तली र घति र्जेठोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !
बोलीव्यवहार र पहिरनमा सभ्यता थप्दाथप्दा
आफ्नो पहिचान नै बिर्सिएछ कि स्वार्थ जप्दाजप्दा !
घरबाट निर्वासित भएको पनि धेरै समय बितेछ,
आज त सान्नानीको गुन्युचोलो र बिर्खेसाइँलाको
छड्के टोपी र कछाड भोटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !
भावहीन पराई सामु मनको भाव बोल्नै सकिएन
पीरले दुखेको छाती उदाङ्गो पारी खोल्नै सकिएन
नहाँसेको पनि धेरै भयो, कतै खुल्न सक्छ कि ?
साथी ! आज मनको कस्सिएको गाँठोका कुरा गरौं
अलिकति मेल र अलिकति फाटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !

जरा त्यहीँ गाउँमा छ, मधेस–पहाडबाट यहाँ धाएको
लाहुर ! यहाँ त हामी आफ्नै लिलाम बोल्न आएको
कोलाहल छ तर एक्लोपनले नियास्रो भइरहेछ मन
त्यसैले गाउँको चौतारी र गोरेटो–दोबाटोका कुरा गरौं
लेकबेंसी, खोला, खर्क र गल्छेंडा–नेटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !!
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x