साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्यारो जनतन्त्र

Nepal Telecom ad

जुम्रा देख्छु अरुकोमा जति साना पनि
देख्दिन म हात्ती नै होस् आफ्नू छातीमुनि ।।
कस्तो बानी बस्यो–बस्यो परपीडा रोज्ने
आफ्ना लागि प्रशंसाको मात्रै भारी खोज्ने ।।१।।

साँच्चै मान्छे हुँ नि म त आफ्नै लागि सोच्छु
आफू बने सबै बन्छ सधैँ त्यही सोच्छु ।।
देश मेरो मात्र हो र ! मैले बनाउनू ?
यस्तै लाग्छ मलाई त किन कराउनू ।।२।।

उः जुनीको वकुल्लो म यो जुनीको मान्छे
स्वभाव छ वकुल्लैको रुप मात्र मान्छे ।।
घिउ पनि कोट्टिँदैन सोझो औँलो गर्दा
बुझेको छु भलिभाँती आफ्नो लागि पर्दा ।।३।।

कस्ता मान्छे कस्ता कुरा खान्छन् बुझेको छु
चारो हाल्छु त्यसै गरी जस्तो बुझेको छु ।।
चिप्लेकिरा पनि खस्रा हुन्छन् मेरा अघि
र त पछि लाग्छन् अरु आफू सधैँ अघि ।।४।।

आस–त्रास दुवै मेरा हत्केलाका खेल
काम हुनुपर्छ आफ्नो जान्दिन म झेल ।।
आदर्श हो यही मेरो यही गुरुमन्त्र
यसैलाई ठानेको छु प्यारो जनतन्त्र ।।५।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x