साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमतीको खुल्लापत्र

Nepal Telecom ad

जब जब नारीका निम्ति भनेर
नयाँ विधेयक बजारमा सुनिन्छ
बिरामी नै हुनुहुन्छ हजुर
बिरोध, खालि बिरोध गर्नुहुन्छ
मानौं,
अब चाँडै यो घरमा
पुरानो सत्ता ढल्दै छ ।
पति महोदय,
तपाईंको सत्ता तपाईं नै चलाउनुहोस्
अब हजार वर्ष राज गर्नुहोस् तपाईं
तर कृपया,
राम्रोलाई राम्रो
र नराम्रोलाई नराम्रो भनिदिनुहोस्
मेरो पति,
कम्तिमा साँचोलाई साँचो भनिदिनोस् !
सबै मरेर आफू भित्र
पति मात्र जीवित उभिनुहुन्छ मेरो सामु
सिर्फ पति !
र भन्नुहुन्छ–
“मलाई पोथी बासेको मन पर्दैन ।”
आफूभित्र,
मरेको छोरोलाई ब्युँताउनुहोस् आफूबाट
र आमाको काखमा मुन्टो जोतेर रुनुहोस्
ब्युँताउनुहोस् भाइलाई आफूबाट
र दिदीको अगाडि घुँडा टेकेर माफी माग्नुहोस्
यो छोरीले अपसोच मान्ली कुनै दिन बाबु सम्झेर
थुक्ली पूजा गर्ने तस्बीरमा
कि यसलाई न्याय दिनुहोस कि त मारिदिनुहोस् !
मेरो प्यारो पति !
खै ! किन किन,
मलाई लाग्दै लाग्दैन
कि मेरो छोरो
बाबुको बिचारको उताराधिकारी बन्न
हतार हतार हुर्किरहेको छ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x