साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूर्ख र महामूर्ख

Nepal Telecom ad

आची भनेर जान्दा जान्दै जो कोट्याउँछ त्यो मूर्ख हो
जो कोट्याए पछि चाखी पनि हेर्छ त्यो महामूर्ख हो ।

जसले साथीलाई पैसा सापटी दिन्छ त्यो मूर्ख हो
साथीसँग लिएको सापटी जो फर्काउँछ त्यो महामूर्ख हो ।

पुलिसले देख्नेगरी अर्कोसँग जो झगडा गर्छ त्यो मूर्ख हो
पुलिससँग नै जो झगडा गर्छ त्यो महामूर्ख हो ।

जो नेतालाई गधा भन्छ त्यो मूर्ख हो
जो गधालाई नेता भन्छ त्यो महामूर्ख हो ।

अर्काको घाँटी हेरेर आफू हाड निल्न खोज्ने मूर्ख हो
आफूले हाड निल्ने बेलामा आफ्नै घाँटी हेर्न खोज्ने महामूर्ख हो ।

आफू नजाने गाउँको बाटो सोध्ने मूर्ख हो
आफू जाने आफ्नै गाउँको बाटो पनि सोध्ने महामूर्ख हो ।

जो हाकिमलाई चिल्लो दल्दैन त्यो मूर्ख हो
जो तेलको सिसी लिएर हाकिमको घर पुग्छ त्यो महामूर्ख हो ।

जो नेताका कुरा सुन्दैन त्यो मूर्ख हो
जो सुनेर पत्याउने मात्रै होइन, त्यसमा टिप्पणी पनि गर्छ त्यो महामूर्ख हो ।

जो धनी बन्न एक रुपियाँको नक्कली नोट छाप्छ त्यो मूर्ख हो
त्यो भन्दा बढी धनी हुन एक रुपियाँ पच्चीस पैसाको नक्कली नोट छाप्ने महामूर्ख हो ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x