साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीमाथि फर्सी

Nepal Telecom ad

डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा
यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा
आजै गर्ने कामलाई भन्छ भोलि पर्सि
हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी ।

तलकालाई सधँै हेप्छ माथिकालाई सलाम
टोपी झिकी हिँड्ने गर्छ ज्युँदाहरूको मलाम
रातो देख्दा सातो उड्छ झसङ्ग हुन्छ तर्सी
लाज शरम ठ्याम्मै छैन कुर्सीमाथि फर्सी ।

चाकडी र चापलुसी उसको धर्म कर्म
‘माथि’ लाई खुसी राख्ने उसको मूलमर्म
यत्ति भए आशिर्वाद आफैं आउँछ बर्सी
यै तालले टिकी रे’छ कुर्सीमाथि फर्सी ।

बियरको त कुरै छोडौं, डिजेल समेत प्युँछ
हन्तकाली कालो मन कमिसनमा ज्युँछ
जत्ति दुह्यो उत्ति पैसा कामधेनु जर्सी
कुन् कुर्सीमा छैन साथी ? कुहिसक्या फर्सी ।

कालो आए कालै हुन्छ, गोरो आए गोरै
औशर छोप्न ओड्नु परे ओडिदिन्छ बोरै
पदीयदेव खुसी पार्छ फूल्अक्षता पर्सी
छ्या के औधी गन्हायो है कुर्सिमाथि फर्सी ।
कलङ्की, काठमाडौं
०५४ असार ४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x