साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो छोरा जन्माइएछ

Nepal Telecom ad

गाउँको लागि
ठाउँको लागि
अलिकति झुक्न छोरा भन्यो
मान्दै मान्दैन
ठुला बडालाई
गुरु वर्गलाई
यसो ढोग्न छोरा भन्यो
जान्दै जान्दैन
कस्तो लठ्ठक छोरा जन्माइएछ
हैन हो बुढी !
पानी परेको कि खडेरी लागेको
कुन साइतमा
खेतमा पानी खन्याइएछ ?

देशको लागि
जनताको लागि
सहमति गर्न छोरा भन्यो
टेर्दै टेर्दैन
छरछिमेक र
प्ररिस्थितिलाई हेर्न छोरा भन्यो
हेर्दै हेर्दैन
कस्तो छोरा जन्माइएछ
हैन हो बुढी !
घाम लागेको थियो कि पानी परेको थियो
कस्तो समयमा रमाइएछ ।

विकासका लागि
भ्रष्टाचार नगर छोरा भन्यो
सुन्दै सुन्दैन
निकासका लागि
मेलमिलाप गर्न छोरा भन्यो
मनमा कुरो
गुन्दै गुन्दैन
थुइक्क बजिया !
कस्तो एकलकाँटे छोरा बनाइएछ
हैन हो बुढी !
ट्वाट खाइएको कि भाङ
कुन बेलामा
भाँडोमा धमिलो पानी जमाइएछ ?

झगडालु पनि उस्तै
ढँटुवा पनि उस्तै
तोडफोडमा पनि उस्तै
लठुवा पनि उस्तै
कस्तो हरिलठ्ठक छोरा जन्माइएछ
हैन हो बुढी !
औँशी थियो कि पूर्णे !
कुन साइतमा तिमीलाई
मायाको पोको थमाइएछ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x