सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अभियान पुरस्कार श्यामप्रसादलाई

Nepal Telecom ad

वरिष्ठ लेखक श्यामप्रसाद शर्मा रु.१ को अभियान पुरस्कार २०७० बाट पुरस्कृत हुनुभएको छ । अभियान साहित्य प्रतिष्ठानले शनिबार देशको राजधानीमा एक कार्यक्रमको आयोजना गरी साहित्यकार शर्मालाई पुरस्कृत गरिएको हो ।

प्रतिष्ठानको तर्फबाट नाबालकद्वय राघव फुयाल र आस्था ज्ञवालीले साहित्यकार शर्मालाई रु.१ को अभियान पुरस्कार, २०७० प्रदान गर्नुभएको थियो । साथमा ताम्रपत्र र प्रतीक चिन्ह प्रदान गरिएको थियो । प्रतिष्ठानले नौ वर्षमुनिका बालबालिकाको हातबाट सो पुरस्कार प्रदान गर्दै आएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार आनन्ददेव भट्टले सो पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले उपयुक्त व्यक्ति छनोट गरेको बताउँदै पुरस्कृत साहित्यकार शर्माले शोषित पीडित जनताको पक्षमा कलम मार्फत जुन आवाज उठाउनुभएको छ त्यो बिर्सन नसकिने बताउनुभयो ।

साहित्यकार शान्ता मानवीले नयाँ पिँडीमा अभाव हुँदै गइरहेको निष्ठा र सङ्घर्ष साहित्यकार शर्माबाट सिक्नुपर्ने विषय रहेको बताउनुभयो । श्यामप्रसाद शर्माको जीवनमा विद्यावारिधि गर्नुभएका डा. धर्मराज अधिकारीले आफूले अध्ययनको क्रममा पत्रकारिता, साहित्य, राजनीति र समाजसेवामा शर्माको समान योगदान पाएको बताउनुभयो । अधिकारीका अनुसार साहित्यकार शर्मा नाटक र उपन्यास बाहेक साहित्यका सबै बिधामा कलम चलाउनुभएको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. कृष्णप्रसाद घिमिरेले अहिलेको साहित्यिक पुरस्कारमा देखिएको बिसङ्गति र विकृति विरुद्ध साङ्केतिक प्रहारको रुपमा रु.१÷– को यो पुरस्कार स्थापना गरिएको बताउनुभयो । रु. १ को यो पुरस्कार नैतिक निष्ठाको वाङ्मयको पुरस्कार हो । कार्यक्रम सञ्चालन छायादत्त न्यौपाने गर्नुभयो भने कार्यक्रममा साहित्यकारहरू धीरकुमार श्रेष्ठ, नकुल सिलवाल, रामप्रसाद ज्ञवाली, नवराज रिजाल, उर्मिला पन्त पाण्डेय, अरुणबहादुर खत्री ‘नदी’, यसोदा अधिकारी लगायत धेरै स्रष्टाहरूको उपस्थिति थियो ।
प्रस्तुति– अरुणबहादुर खत्री ‘नदी’

Fitkauli Publication Books comming soon
Nepal Telecom ad