चट्याङ मास्टरतपाईं मोटाएर वेश भयो
तपाईं मोटाएर मलाई वेस भयो भयो
मेरा आँखा कम्जोर भएका थिए, अब तपाईंलाई देख्न सजिलो भयो ।
फक्रिएको फूल जस्तो भएछ अनुहार तपाईंको, काउली को फूल जस्तो !
शरीर पनि टमक्क मिलेको चारकुने झुल जस्तो !!
हाम्रो घरमा पनि कहिलेकाहीँ पाल्नुहोस् है
म ढोका मरम्मत गरेर अलि फराकिलो बनाउँछु, त्यतिन्जेल पर्खनुहोस् है ।
घरमा खाना खान होटेलको मेनु नै मगाउँला
तपाईंको खानाको लागि सप्लायरबाट छुट्टै बोलपत्र नै आह्वान गरौँला ।
सँगै घुम्न पनि जानु हुन्थ्यो तर अगाडिको पुलको क्षमता पाँच टन मात्रै छ
पुल पनि मात्रै दुई लेनको तपाइको लागि साँगुरै छ ।
तपाईंको फोटो पनि फेसबुकमा राख्नु हुन्थ्यो
तर तपाइको नाकको टुप्पोमात्रै अटाउँ छ त्यहाँ, फेस नै त के अटाउँथ्यो !
तपाईंका लागि एउटा कोट पनि उपहार दिउँला म
मेड इन चाइना मात्रैले पुग्दैन होला, मेड इन चार पाँच देशकै कोट ल्याउँला म ।
बत्तिसपुतली
Subscribe
Login
0 Comments
Oldest




































