साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तयार छ कि कोई ?

Nepal Telecom ad

आन्दोलन गरे
चक्काजाम गरे
कोही बेपत्तामा परे
कोही अज्ञात भइे मरे
सियोले पनि नघोची बँचेको मै
फेरि अर्को अन्दोलन गर्नुछ
मेरो लागि
लाठी खाने तयार छ कोई ?

राणा ढाल्न होस् कि
पञ्चायत फाल्न होस्
निरुङ्कुशको बिरोधमा
कडा कदम चाल्न होस्
पुलिसको लाठीले
कति थला परे
कति कोमामा परे
सकुशल बाँच्ने त मात्र मै
फेरि आन्दोलन चर्काउनु छ
मेरो लागि
गोली खान तयार छ कि कोई ?

जनक्रान्तिको नाममा होस् कि
जन आन्दोलनको नाममा होस्
लोकतन्त्र ल्याउने काममा होस् कि
मधेश तताउने काममा होस्
कति अन्धा भए
कति अपाङ्ग भए
कति अपहरित भए त
कति सहिद भए
सकुशल रही
सत्ता खाने मै
सुत्केरी भत्ता खाने मै
जनसेनाको नामको
हरिया पत्ता खाने मै
फेरि संविधान नबनाउन
आन्दोलन गर्नु छ
नयाँ सहिद हुन तयार छ कि कोई ?
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x