पेशल आचार्यपेशलका स्पेसल ठोक्तक (१७)
दसैँ
हुने खानेका लागि दसैँ
खाने पिउने नशा हो ।
तासजूवा, लङ्गुरबुर्जा र
फेसनादिको चस्का हो
हुँदा खाने गरिबहरूका लागि
दसैँ फगत दशै–दशा हो !!
बालुवाको महल
छोरो क्याम्पस भनी
‘टायम पास’ गर्दो रहेछ ।
छोरी कम्प्युटर भनेर
च्याट र बेव साइट चहार्दी रहिछ !
बूढा बाउआमा बालुवामा
कल्पनातीत महल बनाउँदछन्–
सन्तान आफूखुसी मोजमस्ती गर्दै
जीवन विगार्दा रहेछन् ।
बनाबटी स्वाङ्
गरिबहरूलाई
भालेको डाक राहत हुन्छ ।
अभावमा रहर भो भने
प्राप्तिको चाहत हुन्छ ।
न इच्छा न अभान
देखासिकीका लागि
बनावटी स्वाङ् त
सभ्यताकै सफाचट् हुन्छ ।
निर्माणका पाइला
नदीबाट बिजुली निकालेर
हृदय उज्यालो पार्नुपर्छ ।
अशान्तिको डढेलो निभाउँदै
शान्तिको दियो बाल्नुपर्छ ।
बलेँसीबाट रगत वर्षा गरी
आँगनलाई कुरुक्षेत्र नबनाऔं
आज गर्ने, भोलि गर्ने होइन–
अब निर्माणका पाइला चाल्नु पर्छ ।
मन्थली, रामेछाप
Subscribe
Login
0 Comments
Oldest






































