साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेचिएकाको कुरा पनि बेचे

Nepal Telecom ad

ऊसँग श्रमशक्ति थियो, अरु केहि थिएन, उसले श्रम बेच्यो
ऊसँग खेतबारी थियो, अरु केहि थिएन, उसले खेतबारी बेच्यो
ऊसँग किड्नी थियो, अरु केहि थिएन, उसले किड्नी बेच्यो
ऊसँग जवानी थियो, अरु केहि थिएन, उसले जवानी बेच्यो ।

ऊसँग धर्म थियो, अरु केहि थिएन, उसले धर्म बेच्यो
ऊसँग सिद्धान्त थियो, अरु केहि थिएन, उसले सिद्धान्त बेच्यो
ऊसँग बुद्धि थियो, अरु केहि थिएन, उसले बुद्धि बेच्यो
ऊसँग विवेक थियो, अरु केहि थिएन, उसले विवेक बेच्यो ।

ऊसँग भाषण थियो, अरु केहि थिएन, उस्ले भाषण बेच्यो
ऊसँग साझा देशको जिम्मा थियो, अरु केहि थिएन, उसले देशै बेच्यो
जोसँग जे जे थियो, सबैले त्यै त्यै बेचे
तपाईं हामीले त एउटा हिम्मत मात्रै बेचेका थियौँ
बाँकी सप्पै मिलेर हामीलाई नै बेचे
बेच्न जान्नेसँग कसको के लाग्छ
यहाँ त बेचिएकाको कुरा पनि बेचे !
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x