साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘पैसा’ महाकाव्य हो !

Nepal Telecom ad

मात्रै ‘ढाल’ बनाई देश–जनता, लुट्छौं भकुर्छौं धन
चर्का धूर्त–चलाख चाकर हुँदा, हल्लिन्न सिंहासन ।
पैसा नै बल–बुद्धि–शुद्धि सुखको, सोपान हो आखिर
पैसा नै पद वंश–गौरव हुने, सम्मान हो आखिर ।।१।।

पैसाले जन–भावना मत कयौँ, मोडिन्छ तोडिन्छ रे
पैसामै नव–सिर्जना र रचना, जोडिन्छ–जोडिन्छ रे ।
द्रोही रुष्ट अगस्ति ‘शिष्ट रसिला, सन्तुष्ट’ झैं देखिने
दम्भी कंश–प्रवृत्ति घातक यहाँ, श्रीकृष्ण झैं लेखिने ।।२।।

कस्तो शक्ति ? अचम्म जादु धनको, संसारकै तेज हो
मक्किन्छन् कति ‘वाद–दर्शन’ यहाँ, पैसा ठुलो क्रेज हो ।
लत्रन्छन् धनवादमै जगतका, सिद्धान्त– आन्दोलन
अग्ला–स्वप्न सुदूर– चिन्तन मरे, पैसाविना हर्दम ।।३।।

जे–जे मिश्रणवाद छन् अझ नयॉ, चक्लेटी संश्लेषण
हाँस्छन् ती धनवाद टोनिक पिई, स्वार्थी– अँध्यारा गण ।
ऊर्जा हो धनवाद ‘ढाल’ दलको, सत्ता लिने यन्त्र हो
पुर्जा नम्बरी हुन्छ यो मुलुकनै, पैसा महा–मन्त्र हो ।।४।।

व्याख्याकार महान चिन्तक कयौं, घुक्छन् धनै पाउँदा
हिंसाचार अपार बाहु–बलिया, झुक्छन् धनै पाउँदा ।
रम्भा मोहक उर्वशी बस परी, पैसा भए आउँछन्
के वैज्ञानिक ? वैद्य–डक्टर सबै, पैसा भए धाउँछन् ।।५।।

गद्धी स्वागत गर्छ– भर्छ जनता चर्का प्रशंसा अति
जिन्दावाद ! चिरायुमा जुलुसका, गुन्जन्छ नारा कति ?
आऊ ए धनवादका पछि सबै, यै हव्य वा कव्य हो ।
गाऊ गीत–कथा र मुक्तक कवि ! पैसा ‘महाकाव्य’ हो ।।६।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x